दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सहयोगी हातहरू अघि बढाइदिनु हुन अभियान्ता पौडेलको अपिल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र २४ गते, बुधबार ६:५१

काठमाडौं । अपाङ्गता हुंदैमा व्यक्ति मानसिक तथा अन्य सबै हिसाबले पनि कमजोर नै हुन्छ भन्ने सोच गलत छ। भनेर प्रमाणित गरिदिने शारीरिक रूपमा अपांगता भएर पनि आफ्नो विशेष कला र प्रतिभाको माध्यमबाट समाजमा उदाहरण प्रस्तुत गर्ने सकिने छ ।

सफल पात्रहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले नेपालमा फरक क्षमता भएका व्यक्तिहरुका लागि हुने अपाङ्गता प्रतिभा २०७७ को संयोजक विश्व साईकल यात्री सामाजिक अभियान्ता चित्र पौडेलले कार्यक्रम सफल बनाउन सबैमा अपिल गरेका छन।

फरक क्षमता भएकाहरुको विशेष प्रतिभा र कलाको सम्मान,प्रोत्साहन बढि महत्वपूर्ण हुने भएकाले उनीहरुलाई प्रोत्साहन गर्न आयोजना हुने कार्यक्रम सफल बनाउन सबैमा अपिलगदै
देश तथा बिदेश रहनु भएका सम्पूर्णमा आर्थिक,भौतिक तथा सल्लाह सुझाव को अपेक्षा सहित सहयोगी हातहरू अघि बढाइदिनुहुन अनुरोध गरेका छन।


कार्यक्रममा नृत्य,गायन,चित्रकला,हस्तकला,प्रस्तुत गर्न सकिनेछ,जसलाई उत्कृष्ट प्रतिस्पर्धाका आधारमा विजेता घोषणा गराईनेछ । विजेताले एक लाख नगद सहित मुस्ताङ घुम्ने अवसर पनि पाउने अवार्ड कार्यक्रम सह संयोजक रश्मि शाक्यले जानकारी दिनु भयो ।

सहभागीताको लागि इच्छुकले :-

फेसबुक पेज:- Disabilitytalent 2020
इमेल : – chitrakelsang@gmail.com
सम्पर्क :- 9845411165, 9863457035
सिधै फोन गरि नाम टिपाएर अडिसनको प्रक्रिया अनुसार अभिनय गरेर वा भिडियो बनाएर पठाई सहभागी हुन सकिन्छ । ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु