• नव उदारवाद ले बिग्रेको समाजमा बरालिएका हामी “

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार २१:३४

    काठमाडौ ।विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणवाट बच्न र बचाउन बिश्वब्यापी रूपमा जुटिरहेको अवस्था छ।

    स्मरण गरौ हाम्रा संस्कारका-

    हाम्रो खाना त‘कुर्कुरे र चाउचाउ भै सक्यो यस्सो केलाउ त हाम्रा पुर्खा के खाएर बिना औषधिको धेरै बर्ष सम्म बाचेक थिए होलान ?
    तर हामी औषधीमा अहिले बांचिरहेका छौं।

    किन होला?बिज्ञान सुख सयल र आधुनिकता को आडम्बर मा बांच्न खोज्दा भन्दा अतिसयोक्ति नहोला । पश्चिमले विज्ञान त निर्माण गर्याे,तर हाम्रा पुर्खाले हजारौं बर्ष देखि विकास गरेको मानव सभ्यतालाई ध्वस्त पार्दै गयो। हामी अगाल्दै गयौ हेर्नुहोस त खोइ युरोपमा मानिस जोगाउने सामाजिक र आर्थिक ब्यबस्था ? कता हराए तिनी हरु का विकास ? विकास के का लागि ? कोरोना ले छरलंग पारिदिय‍ो तिनीहरूको बिकास को हालत ।

    हाम्रो गुरुकुल ध्वस्त परियो हामी आफै ले नवउदारवादले ल्याएको उपभोक्तावाद लाई अंगाल्दा अहिले कोरोन ले हामीलाई ठुलो पाठ सिकाए को छ । अब पनि सिकेनौ भने कहिले सिक्ने ?के रहेछ त पश्चिमा संग आफ्ना जनता को ज्यान सम्म जोगाउन सकेका छैनन् ।युरोप-अमेरिकामा भेन्टिलेटर सम्म छैनन । खोइ के गरियो त्यो बिज्ञान ले ?आखिर बच्न लाई त रहेछ जे गरे पनि,फेरी सादगी मा किन नबाच्ने ?
    जब मानिस ले आफ्नो परिवार आफ्नो समाज र आफ्नो देशप्रती गौरव गर्दैन। त्यो समाजमा अराजकताको डरलाग्दो बादल मडारिरहेको हुन्छ अहिले को शिक्षाले देशप्रतिको मोहलाई समाप्त पारेको छ । विदेश मुखी भयो हामी अरुलाई हेर्ने दृष्टिकोण मा भिन्नता ल्याउन सकेनौ ।
    हामीलाई उनि हरु ले जे गरे त्यो राम्रो लाग्ने आज हेरौ त पास्चर हरु झाड फुक गर्न थालेका छन् ।नेपाल मा अनि हामी रमाउछौ त्यसै मा हामी आफ्ना तन्त्र मन्त्र लाई कन्जरभेटिभ भनि पाखा लगाएर आज उनि हरुलाई हामी अगाल्दै छौ।

    उनी हरूकै नक्कल गर्न पुग्यौ आफ्नो चटक्क त्यागेर पूर्ण समर्पण भएर आफ्नो मा र आफु मा विश्वास गर्न सिकौ !आज जहाँ गए पनि आफ्नो देश त फर्कन पर्दो रहेछ । हामीले आफ्नो संस्कृति आफ्नो ठाउँ ध्वस्त पार्नु हुदो रहेनछ । हामिले प्रकृतिसंग को गठजोड मा पहाड र गाउमै बसोबास ठिक ब्यबस्थित पर्नु पर्छ । हाम्रो पुर्खेउली विकासको ढाँचा आधुनिकता र प्रकृतिसंगको तालमेलमा बनेको रहेछ । पुरातन हाम्रो संस्कृति लाई टेकेर विकास को ढाचा लाई देशको विकासको नयाँ बाटो बनाऊ । बिज्ञान नराम्रो होइन तर संस्कृतिक समाज सम्मत हुनु पर्छ ।

    निरन्तर परिबर्तन प्रकृतिको नियम हो, र हामीले पनि परिवर्तनलाई स्विकार्दै जानु पनि पर्छ । फरक कुरा नै परिबर्तन भन्ने हाम्रो सोच भयो भने संस्कृति सखाप हुन्छ। अहिले हामी ले भुग्ते को पनि यही हो । हाम्रो समाजमा फरक कुरा नै परिवर्तन भन्ने बिषय ले जरो गाडेको छ ।हामी लाई पहिला पढाउदा पहिला नैतिक शिक्षा हुन्थ्यो,आदर सत्कार का कुरा हुन्थे ,८ बर्ष मा ब्रतबन्ध गरि आफै सरसफाई गर्ने बनि बसालिएको हुन्थ्यो। जो आफै मा वैज्ञानिकता को संस्कृति थियो ।आज हेरौ ठुला को आदर का त परे जाहोस आफ्ना जन्म दिएका बुबा आमा लाई नि हेल्लो डेड मोम भनेर पुकारिन्छ।
    त्यस्तो पनि हुन्छ पाखे भनि आफ्ना अग्रज हरुलाई लान्छना लगाइन्छ । आज हामीसंग आफ्नो पहिचान छैन हामी पश्चिमाा को उदंग शिक्षा ले ब्यक्तिवादी, अवसरवादी र आराजक स्वार्थी भएका छौ । आज कसैले कसैलाई टेर्नेवाला छैनौ !
    नेपाल को सामाजिक परिवेशमा कति सौहार्दपुर्ण थियो । आज लाचार छौ आज को समाज बजारी भयो जे को पनि बेपार
    हाम्रो समाज त पैचो खोजि चलाउने संस्कृति हो ।आफ्नो घर को आगो बाल्न छिमेकि घरको औल्टो ल्याऊथेउ अनि घर को चुल्हो सल्किन्थ्यो त्यस्तो संस्कृती मा हुर्केका हामी आज ….?
    हामी त बिदेशी पैसा र योजनाको शिक्षाले संस्कृति बिहिन भैसकेकाछौ ।बाउ आमा लाई थर्काएर बिहान आठ -नौ बजे उठेर देशमा अवसर छैन भनि विदेश लर्को लाग्ने जमात सानो छैन । तिनी हरु ले के बाउ आमालाई के माया गर्लान देश को माया त परे जाओस । हामीले आफ्नो सन्तान लाई कहिल्लै केहि सिकयेनौ अर्काको मा दृष्टि लगाउदा
    माया भन्ने शब्द नै दुखको बोट मा हुन्छ , पसिना मा हुन्छ । जस लाई दुख को अनुभूति नै छैन उसले माया को अनुभूति दिन कहाँ बाट सक्छ ?
    जसले घर मा दुख गरेन,जसले देशमा दुख गरेन उसले कसरि घरको र देश को माया गर्छ ? यो प्राकृतिक नियम हो !
    आज बृधाश्रम मा बस्ने को परिवार को बारेमा जानकारी लिए मात्रै पुग्छ !आज देश लाई सत्तो सराप गर्ने भनाउदाहरु पनि आमा को दुध लुछ्दा लुछ्दा हुर्की सकेपछि सुखसयल को घ्यु खान विदेश पल्के का हरु नै हुन् !
    समाज बिग्रने नराम्रा ले भत्काएर होइन राम्रा र सक्ष्म ले नबनाएर हो ।
    अब बाहिर जान छोडौ !येही केहि गरौ ! रेमिटेन्स ले न परिवार बन्छ न त देश ! बन्ने त खाली नेता हरु हुन र जन्माउने पनि नेताहरू नै हो जति पनि बिकसित देश छन् उनीहरु बाहिर गएर होइन आफ्नै देश मा संघर्ष गरेर मात्र भएका हुन् ।

    केही गरौ देश मै गरौ……

    लेखक:
    लक्ष्मण प्रसाद भण्डारी
    –ग्लोबल नेप्लिज सेफ फेडेरेशन का कार्यकारी प्रमुख हुनुहुन्छ )

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु