देवी पराजुली -काठमाडौं
मैले!!
जिन्दगीबाट हारे पछि
डोरी किने
बिष किने
अग्लो भिर खोजे
गहिरो नदि हेरे
एकान्त ठाउ खोजे
जहा म मर्न सकु।
सके जती आफुलाई घृणा गरे,
आफन्तको वेवास्ता
साथीभाइको असहयोग
जिन्दगीका असफलता
सबै सबै संझे
आमाले पिटेको
बाले गाली गरेको
दिदीले वेवास्ता गरेको
दाइले जिस्काएको
भाइले नटेरेको
टिचरले थर्काएको
छिमेकिले गिज्याएको
गरीवीले सताएको
सबै सबै संझे
जिन्दगी बेसहारा लाग्यो
अर्थ हिन लाग्यो
मर्ने निर्णय गरे।
म मरे पछि
मेरो लासको छेउमा मान्छेको भिड संझे,
आमाको रुवाई, बाको पिडा
दाजुको दर्द, दिदीको दुख
भाईको निरिह पन
छिमेकीको निरासा
साथीभाईको एक्लो पन
टिचरको भत्किएको आशा
सबै सबै संझे
मेरो सामीप्यतीलाई खासै वास्ता नगर्नेहरु
मेरो मृत्यू पछि बेचैन बनेको देखे
अनि बाच्नुको मजा संझे,
जिन्दगी सुखद रमाईलो र हराभरा भेटे।
बिष र डोरी फाले
जिन्दगी जिउने संकल्प पाले
जिन्दगीका असफलतालाई सफलताले परिभाषित गर्न थाले,
परिवारको माया, छिमेकीको आशा
साथीको मित्रता र मेरो ज़िन्दगी मिश्रण गरे
अनि
बिन्दास जिन्दगी जिउन थाले।
जिवन छ त सबै छ
(मर्नु समस्या समाधान होइन, बाचौ र बाच्न प्रेरित गरौ)
STOP SUICIDE
10 September 2020