दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

असोज १ गतेदखि रुपन्देहीका होटल व्यवसाय खुल्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र २५ गते, बिहीबार २०:३४

बुटवल- रुपन्देहीका होटल व्यवसायीहरुले आगामी असोज १ गतेदखि व्यवसाय संचालन गर्ने निर्णय गरेका छन् । सरकारले तत्काल होटल व्यवसाय सञ्चालन गर्ने वातावरण नबनाएको गुनासो गदै होटल तथा रेष्टुरेण्ट व्यसायी संघ रुपन्देहीले असोज १ गतेदेखि व्यवसाय सञ्चालन गर्ने घोषणा गरेको अध्यक्ष समुन्द्र जिसी र महासचिव माधव कुमार खनालद्धारा विहिवार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

होटल व्यसायीहरुले कोरोनाका कारण भोग्नु परेको पीडा, आर्थिक समस्या र व्यवसाय नै छोडनु परेको अवस्था हुदाँ पनि व्यवसायीको पीडामा सरकारले मलम लगाउन नसकेको संघले गुनासो गरेको छ ।संघिय सरकार ,प्रदेश सरकार ,स्थानियतह समेतमा पटक पटक व्यसायीका समस्या र कोरोनाका कारण भोग्नु परेको आर्थिक पीडाका वारेमा जानकारी गराउदाँ समेत राज्यतहवाट कुनै सुनुवाई नभएकोले सरकारी निषेधाज्ञाको पालनाको अवज्ञा गरि व्यवसाय  संचालन गर्न बाध्य हुन परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघद्धारा जारी विज्ञप्तिमा होटल तथा रेष्टुरेण्ट संचालनका लागि लिईएका घरहरुकोे लकडाउन अबधीको भाडा सहज वातावरण भएपछि क्रमिक रुपमा तिर्ने गरि वातावरण बनाई दिन घर धनीसंग माग गरिएको छ ।लकडाउनको समयमा केही घरधनीले भाडा छुट दिएको प्रति संघले धन्यवाद प्रकट गदै व्यवसायीलाई थप राहात दिन समेत घर धनीहरुसंग आह्वान गरिएको छ । रुपन्देहीमा होटल तथा रेष्टुरेण्ट व्यवसायमा १६ अर्ब बढीको लगानी भएको ३० हजारलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको व्यसायमा राज्यले राहात दिन नसक्दा करिव १ सय व्यवसायीले कोरोनाका कारण पेशा नै छोडनु परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सामाजिक सुरक्षा मापदण्ड अपनायर व्यवसाय संचालन गरिने भन्दै विज्ञप्तिमा सरकार , स्थानियतहवाट व्यवसायीले गरेको निर्णयमा सहयोग गरिदिन पनि माग गरिएको छ । त्यस्तै यातायात व्यवसायीले पनि असौज १ गते देखि मुलुकभर  सवारी साधन संचालन गर्ने  निर्णय प्रति पनि संघले एक्यवद्धता जनाएको छ । संघ मातहतमा १ हजार २ सय व्यवसायी आवद्ध रहेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु