• योशिहिदे सुगा जापानका नयाँ प्रधानमन्त्री बन्ने, नेपालीलाइ पनि खुसीको खबर

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार ०८:२९

    काठमाडाैँ।  आगामी हप्ता जापानले नयाँ प्रधानमन्त्रीका रुपमा लिबरल डेमोक्रयाटिक पार्टीका योशिहिदे सुगालाई प्राप्त गर्ने प्रवल सम्भावना देखिएको छ । बर्तमान प्रधानमन्त्री सीन्जो आवेका बिश्वासपात्रका रुपमा रहेका सुगाले पछिल्लो सर्बेक्षणमा पार्टीका दुइ तिहाइ नेताको समर्थन पाउने देखाएको छ ।

    सफल प्रधानमन्त्रीका रुपमा सीन्जो अवेले स्वास्थका कारण पद छाड्ने निर्णय गरेपछि नयाँ प्रधानमन्त्रिको लागि दलमा नयाँ नेतृत्वको चयन प्रकृया अगाडि बढेको हो । सेप्टम्बर १६ मा जापानमा नयाँ प्रधानमन्त्रीको घोषणा हुने कार्यक्रम रहेको छ । स्थानिय प्रत्रिका क्योदोले गरेको एक सर्वेक्षणमा प्रधानमन्त्रीको दौडमा रहेका फुमियो किसिदा ,पुर्व रक्षामन्त्री सिगेरु इसिवालाई पछाडि छाड्दै सुगा अगाडि देखिएका हुन ।

    भारतसँंगको रोटि बेटीका सम्वन्ध भनेझै सुगा जापानका नया प्रधानमन्त्री भए नेपालीका लागि पनि खुसीको खबर बन्ने छ । सुगा जापानमा रहेका नेपाली ब्यबसायी तथा एनआरएनका निर्वतमान अध्यक्ष भवन भट्टका काका ससुरा पर्दछन । यस बिषयमा भट्टसँंग कुराकानी गर्दा उनले भने ,आगामी हप्ता हुने लिबरल डमोक्रयाटिक पार्टीको चुनाबमा सुगाले जित्नु महत्वपुर्ण घटनाक्रम बन्नसक्ने बताए ।

    जापानजस्तो शक्तीशाली देशको प्रधानमन्त्री एउटा नेपालीको नाता गोतामा पर्नु आफैमा पनि महत्वको बिषय बन्न सक्छ । सुगा श्रीमती मियको भट्टकी नाताले काका पर्ने ब्यक्ती हुन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु