
काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर १४ सय ५४ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे जानकारी दिएको हो । देशका विभिन्न प्रयोगशालामा १० हजार ७०१ स्वाबको नमुना परिक्षण गर्दा उनीहरूमा संक्रमण देखिएको हो ।
योसंगै देशभर कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ । सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ ।
यसैगरी, देशभरबाट थप ९७२ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३६ हजार ६७२ पुगेको छ ।


