दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

धुलो आँखामा परेमा हटाउने ५ तरिका

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र २७ गते, शनिबार १९:२१

काठमाडौ । आँखामा धुलो परे बिझाउने र आंशु आउने हुन्छ । अनि धुलोको कण निकाल्न आँखा मिच्न सुरु हुन्छ। तैपनि आँखाको धुलो जाँदैन । त्यसपछि के गर्नुहुन्छ ? आँखामा अकस्मात पसेको धुलोका कण वा साना बस्तु हटाउने केही तरिका छन् । यी तरिका अपनाउन सकेमा सजिलै आँखामा पसेका चिज हटाउन सकिन्छ।

 

  • आँखामा पसेको जुनसुकै धुलो वा किटाणु वा फोहर अड्केमा त्यसबाट छिटो भन्दा छिटो मुक्ती पाउन आँखा झिमिक–झिमिक गर्न सक्नुहुन्छ । जति छिटो आँखा झिम्क्याउनु हुन्छ कण हट्ने सम्भावना पनि त्यति नै बढी हुन्छ ।
  • कहिलेकाही सानो कण तपाईको आँखाकोे ढकनी मुनी अड्किने सम्भावना हुन्छ । यस्तो अवस्थामा तपाईंको आँखाको माथिल्लो ढकनीलाई हल्का बाहिर तानिदिनुहोस् र तल्लो ढकनीमाथि राखिदिनुहोस् । त्यसपछि भित्रको धुलो वा कण हटाउन आँखाको गेडी तलमाथि वा दायाँबायाँ घुमाउनुहोस् । पहिलो पटकमा यो काइदाले काम नगरे पनि बारम्बार दोहोर्याउनुभयो भने अवश्य पनि धुलो झर्न सक्छ ।
  • चिसो पानी लिनुहोस् र आँखामा पानी छम्किदिनुहोस् । तपाईंले आँखा खुला गरेर बगिरहेको पानीको धारामा बिस्तारै रााखेर मिच्न पनि सक्नुहुन्छ । पानीले तपाईंको आँखालाई कुनै असर गर्दैन तसर्थ धारामा आँखा राख्न डराउनु पर्दैन । यदि धारामा आँखा लैजान डर लाग्छ भने सफा भाडा (वाटा वा थाल ) मा सफा पानी राखेर अनुहार डुबाएर पानीभित्र हेर्नुहोस् तत्कालै आँखाको धुलो हट्नेछ ।
  • कटनको लुगाको एउटा टुक्रालाई पानीमा भिजाउनुहोस् र तपाईंको आँखाको साइडलाइ हल्का दबाउनुहोस् । आँखाको कोर्निया निकै सम्बेदनशिल हुने भएकाले र यसले आँखामा चोट पुर्याउने भएकाले कटनले कोर्नियालाई नघोट्नुहोस् । सेतो कटनलाई प्रयोग गर्नुहोस् ताकि आँखाबाट धुलो हटेको सजिलै पहिचान गर्न सक्नुहुन्छ ।
  • आफैले आँखाको धुलो हटाउन गाह्रो हुन्छ भने साथीको सहयोगमा धुलो हटाउने प्रयास गर्नुहोस् ।
    आँखाको ढकनी उचालेर साथीको सहयोग लिनुहोस्।

Source: Visionsansar.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु