• रोटरी लुम्बिनी स्टार्सद्वारा आयुर्बेदिक औषधी वितरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार २०:१५

    बुटवल-  युवाहरूद्वारा स्थापित रोटरी क्लव अफ लुम्बिनी स्टार्स तथा पार्टनर क्लव रोट्रयाक्ट क्लव अफ लुम्बिनी स्टार्सले सयुक्त रूपमा आयुर्बेदिक औषधी हस्तान्तरण गरिएको छ ।

    क्लवका अध्यक्ष बालकृष्ण पाण्डेले आईसोलेसनमा रहेका बिरामीहरूको सिघ्र स्वास्थलाभको कामना गर्दै विश्वव्यापी रूपमा फैलिएको कोरोना भाईरसका कारणले कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने हेतुले आयुर्बेदिक औषधी वितरण गरिएको बताउनु भयो । प्रमुख अतिथी बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले हरेक सामाजिक संस्थाहरूले सहयोग गरिरहेका स्मरण गराउदै रोटरी क्लव अफ लुम्बिनी स्टार्सले गरेको सहयोग फरक र अतुलनिय रहेको र हरेक कार्यक्रममा सधै सहकार्य समेत रहने बताउनु भयो ।

    रोटरी क्लव अफ लुम्बिनी स्टार्सका अध्यक्ष बालकृष्ण पाण्डेले बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी तथा वडा नं। १२ का अध्यक्ष दुर्गा प्रसाद सुवेदीलाई औषधी हस्तान्तरण गर्नु भएको हो । बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बुटवल १२ तामनगर स्थित कोरियन टेक्निकल कलेजको कारोना आईसोलेसन हस्पिटलमा रहेका २३ जना कोरोना पोजेटिभ व्यक्तिहरूलाई आयुर्बेदिक औषधी हस्तान्तरण गर्नु भएको थियो ।

    कार्यक्रममा बुटवल १२ का अध्यक्ष दुर्गा प्रसाद सुवेदी र क्लवका संस्थापक अध्यक्ष यादव भण्डारी लगायतले शुभकामना राखेका थिए । हरेक दिन आईसोलेसनमा रहेकाहरूलाई योग समेत गराईएको छ ।कार्यक्रममा क्लवका सचिव बिक्रम क्षेत्री, कोषाध्यक्ष ध्रुब कोईराला तथा रोट्रयाक्ट क्लव अफ लुम्बिनी स्टार्सका अध्यक्ष बिमल ढकालको पनि उपस्थिति रहेको थियो । कार्यक्रम क्लवका अध्यक्ष बालकृष्ण पाण्डेको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी प्रमुख आथित्यता तथा योगगुरू बिष्णु आचार्यको संचालनमा सम्पन्न भएको हो । रोटरी क्लव अफ लुम्बिनी स्टार्स रोट्रयाक्ट क्लवका पुर्व अध्यक्षहरूको सहभागिता स्थापना भएको क्लव हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु