दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टिप्परको ठक्करबाट प्रहरी जवान श्रेष्ठको ज्यान गयो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र २७ गते, शनिबार २३:५६

बुटवल- पुर्व पश्चिम राजमार्ग अन्तरगत बुटवल धागो कारखाना नजिकै टिप्परको ठक्करबाट बुटवलमा एकजना प्रहरी जवानको ज्यान गएको छ । साथै उक्त घटनामा परि एक जना प्रहरी जवान घाईते छन । कपिलबस्तु नगरपालिका वडा नं ४ तौलिहवा घर भई जिल्ला प्रहरी कार्यालय बाग्लुंङमा कार्यरत प्रहरी जवान अमित श्रेष्ठको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय बाग्लुंङबाट बिदा लिएर घर आएका प्रहरी जवान श्रेष्ठ र सोही कार्यालयमा कार्यरत प्रहरी जवान सन्तोषी थारु सवार स्कुटरलाई लु १ ख ८९९ नं को टिप्परले अगाडीबाट ठक्कर दिएको थियो । प्रत्यक्षदर्शीका अनुसार टिप्परले उनीहरु सवार स्कुटर सहित दुवैजनालाई करिव ५० मिटर पर सम्म लतारेको थियो ।टिप्परको ठक्कर बाट दाहिने खुटटा चुडिएका श्रेष्ठको गुप्तांगमा समेत गम्भिर चोट लागेको र उपचारका क्रममा भैरहवा स्थीत युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा घाईते प्रहरी जवान सन्तोषी थारुको दाहिने हात भाचिएको र सोही मेडिकल कलेजमा उपचार भई रहेको तथा अवस्था समान्य हुदै गएको प्रहरीले जनाएको छ । घटनामा सम्लग्न सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक भने घटनास्थलबाटै फरार रहेको प्रहरीले बताएको छ ।-samayachakra.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु