काठमाडौं । मृत्यु अनि कहिलै मर्न नचाहने मनुवा कति चाखलाग्दो कुरो छ ?
के डर,त्रास बाट पर को कुरा मृत्यु हो त ?
आज सम्पूर्ण संसार महामारी रोग कोरोना को चपेटा मा छ ।शहर छोडेर गाऊ दौडी रहेका छन् मानिस हरु मृत्यु संग डराएर !कति भाग्ने ?
अहिले को कोरोना संसार मृत्यु संग जसरि त्रास्त छ के साच्चिकै नया युग को सुरुवात होला ?
मानिसको व्यबहारमा हराएको दया,माया, ममता,करुणा के अब स्फुटित होलान त ?
कति भाग्छौ मनुवा मृत्यु देखि ….? मृत्यु के हो त्यस लाई त बुझ …!कता कता कौतुहलता जाग्छ मृत्यु को बारेमा।
म पनि जीवन को उतार चाडव मा २-३ पटक मृत्युबोध पार गरेको मान्छे आज पहिलो चोटी खुलासा गर्दै छु !तर मृत्यु को बारेमा त्यति नजाने पनि सानो बोध भए पनि केहि बिश्व प्रख्यात व्यक्तित्व जसले मृत्यु जिते जसले जीवन र मृत्यु बीच को समय लाई कसरि प्रयोग गर्दा मृत्यु मुल्यवान हुन्छ भन्ने ज्ञान समाज लाई छोडे ,उनीहरु को अनुभव हरु तथा भनाइ हरुलाई पदने र कुरत्ने मौका पाएको थए !त्यसै लाई पस्कने जमर्को गर्दै छु !
मार्टिन लुथर किङ्ग जुनिअर को जीवन र उनको भनाइ लाई कोरल्दा कस्तो उन को जीवन थियो समाज को लागि उनको यो भनाइ बाट पुस्टि हुन्छ ।यदि कोहि व्यक्ति कुनै एउटा कुरा को लागि मर्न पनि तयार छु भन्ने सोच राख्न सक्दैन उ जिउन को लागी योग्य हुदैन ।
मार्कस अरेलिअस जो रोम क राजा थिए 160 AD तिर साथै फिलोसिफ़र पनि थए जसको भनाइ बाट यो सुन्दर जीवन किन पाइएको हो ।भन्ने आत्मा बोध गराऊछ “मानिस मृत्यु देखि होइन, जीवन पाउदा पनि जिउन नसक्नु संग डराउनु पर्छ !
छताछुल्ल भएको बिबेकहिन समाज जहाँ आफ्नो आचरण लाई व्यापारीकरण गरि छलकपट बाट धनाड्य हुने लहड बाट उत्प्रेरित भइ गुमाएको नैसर्गिक जीवन नै मृत्यु संग डराएर भागम भाग भइ रहेको देख्दा टिठ लगेर आउछ !
कोरोना तपाई हामी कै उपज हो !त्यो बिकराल मृत्यु भएर मानव हरु लाई सचेतना गर्न आएको हो ,तिमि हरु अविनाशी छैनौ ,नैसर्गिक हुन सिक र संसार तिम्रो हो तर समाल भनेर !
तर हामी शभ्य हुन,सहज संग जिउन,मृत्यु देखि पर भाग्न के के न के के गर्छौ !अप्राकृतिक कार्य हरु !
मानव बाहेक सम्पूर्ण चरा चर प्राणी जगत प्राकृतिक संग मिलेर आनन्द ले बाँची रहेका छन् ।
खोइ तिनी लाई वातानुकुलित मसिन हरु सुखसयल का साधन हरु ?
केहि चाहिएको छैन,तर पनि बाँची रहेका छन् ।,उनि हरु लाई मृत्यु को भये पनि छैन !तर हामी मनुवा बिबेकशील प्राणी मृत्यु भन्दा पर जना खोज्दछौ !
मृत्यु देखि येति डर छ भने कसरि बाच्ने भन्ने कुरा को पनि हेक्का राख्नु पर्यो !
“भाका, भूल दया,क्षमा र ममता, सन्तोष जान्दैन त्यो ।
इन्द्रै बिन्ती गरून् झुकेर पदमा,त्यो बिन्ति मान्दैन त्यो ॥
आयो टप्प टिप्यो, लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो ॥
***’कालमहिमा’ कवि शिरोमणि लेखनाथ पौड्याल को यो कविता ले के सिकाउछ भने हामी मुर्ख छौ बच्न लाई के के गर्दछौ तर मृत्यु भनेको त अन्तिम सत्य पो हो ।
हेरौ संसार प्रसिद्ध मानिसहरुको आयु छोटो भएको पाईन्छ विख्यात र सम्पूर्ण समाज लाई परिवर्तन ल्याउने मानिस हरुलाई कालभैरव ले चाँडै लगेका थुप्रै दृष्टान्तहरु हामी माझ छ्न् । ३९ बर्षमा संसार छडेका स्वामी विवेकानन्द जसले हिन्दु दर्शन के हो भनि संसार लाई चिनाए।
प्रशिद्ध मार्शल आर्ट फिल्म हिरो फिलोसिपर ब्रुश ली जो ३२ वर्षा को उमेर मा बिते ! मोतीराम भट्ट का त के कुरा जसलाई ३० बर्ष को छोटो अवधि मा गुमाउनु पर्यो,४३ बर्ष का भैरब अर्याल तथा ४२ बर्ष का मदन भण्डारी हरु अल्पायुमा निधन भएका हुन् तर उनि हरुको काम हरुले गर्दा दीर्घायू रही रहेका छन ।
त्यसैले यो महत्त्वपूर्ण छैन् कि जीवन कति लामो समय सम्म जिउन सकिन्छ,यो महत्वपूर्ण हुन्छ कि जीवन कसरी असल र सामाजिक हुन्छ अरु को लागी अवस्मरणिय हुन्छ।
त्यसै ले ब्रिटिश टिभी प्रोग्रामर तथा फिल्म हिरो अण्ड्रेयु स्याक्स ले भने का छन।
“सबै व्यक्ति मर्छन तर सबै व्यक्ति बाँचेका हुदैनन् ।
मृत्यु जीवनको एउटा अन्तिम भाग हो तर मृत्यु लाई जिवन्त राख्नु छ भने राम्रो कर्म गर मृत्यु सदा अमर रहन्छ ।
“”मृत्यु का कारणले होइन उसले गरेका कामले व्यक्ति शहिद हुन्छ”
नेपोलियन को यो भनाइ ले पनि मृत्यु लाई जिवन्त राख्न राम्रो कर्म नै गर्नु पर्दछ भन्ने अर्थ राख्दछ !
हामी धेरैसँग धेरैथरीका आस राख्छौँ । स्वार्थ राखेर काम गर्छौं । आफ्नो सपना पूरा गर्न कसैलाई प्रयोग गर्न खोज्छौँ त्यो केको लागी ?
भगवान ओशो भन्नु हुन्छ “जतिवेला मैले सम्पूर्ण ज्ञान पाएको छु भन्ने लाग्छ त्यतिवेलै तपाईंको मृत्यु हुन्छ । किनकि, त्यसपश्चात् न कुनै आश्चर्य, न त आनन्द नै । त्यसपछि तपाईं मृत जीवन जिइरहेको हुनुुहुन्छ ।जीवन लाई कलात्मक रुप मा जिउनु नै मृत्यु बोध हुनु हो ।
“जब मानिस मर्ने डरले जीवनको डरलाई पछ्याउँछ तब मर्नको लागि मानिस पूर्णरूपमा जीउन थाल्दछ ।” मार्क ट्वाइन को यो भनाइ बाट मृत्यु को बोध बाट नै जीवन को शर्थकता हुन्छ !
रहेछ संसार निशा समान
आएन ज्यूँदै रहँदा नि ज्ञान
आखीर श्रीकृष्ण रहेछ एक
न भक्ती भो,ज्ञान,नभो विवेक।
संस्कार आफ्नो सव नै गुमाएँ
म शून्यमा शून्य सरी विलायँ
जन्मेँ म यो स्वर्ग विषे पलाएँ
आखीर भै खाक त्यसै विलाएँ ।
मृत्यु शैयाबाट फुरेका माहाकवि लक्ष्मी प्रसाद देवकोटा का यी कविता बाट पनि ज्ञान अज्ञान मा गरेका भुल लाई सुधार गर्ने एक मात्र विकल्प संस्कार हो भन्ने बुजिञ्छ !
“जो बुद्धिमानी छ ऊ मृत्युको भय देखि डराउदैन्” भन्ने बुद्धको भनाई ले के पुस्टि गर्छ भने आज को मनुवा अज्ञानी र कुबुद्धि को रहेछ !मृत्यु संग डराउदै भागी रहेको छ !
मृत्यु को कालखण्ड कस्तो हुन्छ येस्सो नियालेर हेरौ त हरेक १०० बर्षमा प्राकृतिक ले खेलेका उदण्ड मनुवा लाई मात्र किन ? येस्सो विचार गरौ त ?
1720 को प्लेग,1820 को हैजा,1920 स्पेनिश फ्लू 2020 को कोरोना वायरस
ॐ द्यौः शान्तिरन्तरिक्षं शान्तिः
पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिः ।
वनस्पतयः शान्तिर्विश्वेदेवाः शान्ति
लेखक:
लक्ष्मण प्रसाद भण्डारी
–ग्लोबल नेप्लिज सेफ फेडेरेशन का कार्यकारी प्रमुख हुनुहुन्छ