• इम्युनिटी बुस्टर जुस,हर्बल ड्रिन्क्स र सुपहरुको रेसिपी जुन अहिलेको अवस्थामा फाईदा जनक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ भाद्र २०७७, आईतवार २१:०५

    -आर.बि  बुढाथोकी

    अहिलेको यो कोरना महामारिमा हामीले मुख्य रुपमा रोग प्रतीरोध क्षमता बढाउने खालका पेय पदार्थ तथा खाना खानु जरुरी छ । शरीरलाई सधैं तातो बनाउने सर्दी हुन नदिने खालका पदार्थमा ध्यान दिनु पर्ने हुन्छ । तसर्थ हामीले यहाँ केही इम्युनिटी पावर बढाउने केही तातो र चिसो पेय पदार्थका केही रेसेपी यहाँ दिइएको छ ।

    इम्युनिटी बुस्टर बिट एप्पल जुस

    सामाग्री – चुकन्दर ताजा १८० ग्राम,फुजी स्याउ ३५० ग्राम, ताजा बेसार – २५ ग्राम,तुलसी २ मुन्टा,कागतीको रस – २ चिया चम्चा,कालो नुन -चिम्टी, कालो मरिचको धुलो -चिम्टी,सेलरी स्टिक -२ पिस

    बिधीः सबैलाई मिलाएर जुसरमा जुस निकाल्नुस र बिहान बिहान एक गिलास पिउने गर्नुस धेरै फाईदा पुर्याउछ र तपाईंको नियमित शक्तीमा अतिरिक्तता देखाउछ ।

    क्यारोट स्विट लाइम ड्रिक्स

    सामाग्रीःताजा गाजर -४ पिस,मौसम -४ पिस,अदुवा -सानो टुक्रा,हरियो पार्स्ली -२ मुन्टा,कागतीको रस-२ चिया च्म्चा(अतिरिक्त), कालो मरिचको धुलो-चिम्टी,लेमन ग्रास-अधा स्टिक

    बिधीः सम्पुर्ण सामाग्री मिलाएर जुसरमा जुस पेल्नुस र नियमित पिउने गर्नुस यो समयमा तपाईंलाई धेरै फाईदा पुर्याउछ ।

    आल्मन्ड कर्ड केसर लस्सी

    सामाग्रीः गुलियाे ताजा दही -३५०एम एल,भिजाएको ठुलो बदाम(आल्मण्ड) -५पिस,मह -२ एक चिया चम्चा,भेनिला आइस क्रिम २ चिया चम्चा,सुन फ्लावर सिड -२चम्चा, केसर -चिम्टी

    बिधीः सम्पुर्ण सामाग्री मिलाएर बल्यान्डरमा बल्यान्ड गर्नुस र दिनहु एक एक गिलास पिउने गर्नुस फाईदै फाईदा हुन्छ ।

    किवी पपया स्मुथी

    सामाग्रीः ताजा किवी फल -२ पिस,मेवा ३५० ग्राम,पानी आबश्यता अनुसार,मह -एक चिया चम्चा,पुदिना -२ मुन्टा,टोमाटो जुस -अधा कप

    बिधीः सम्पुर्ण सामाग्री मिसाएर मिक्स्चरमा पेल्नुस र नियमित खानुस तपाईंको इम्युनिटी पावर स्वत बढ्दै जान्छ ।

    बडी वार्मर हर्बल टि

    सामाग्रीः  पानी २ गिलास,बेसारको धुलो -अधा चम्चा,अदुवा -सानो पिस,तुलसी -२ मुन्टा,मिक्स जटी चिया पत्ती -चिम्टी,तेजपात -एक पत्ता,मरिचको धुलो अधा -चिम्टी,ताजा कागतीको रस -एक चम्चा,चिनी -आबश्यता अनुसार

    बिधीः  चिया ताप्केमा पानी उमाल्नुस र सम्पूर्ण सामाग्री हालेर १५ मिनट उमालेर केही समय घटाउनुस छानेर तातो तातो दिनको तीन पटक पिउने गरेमा शरीर तातो बनाइ राख्ने र सर्दी नहुने हुँदा यो कोरना महामारीमा धेरै उपयोगी चिया मानिन्छ । सुगर फ्री खानेहरुका लागि पनि यसमा चिनी नहाली पिउदा हुन्छ ।

    हर्बल काडा पानी

    सामाग्रीः  पानी एक लिटर,बेसार अधा चम्चा,अदुवा -२ टुक्रा,लेमनग्रास या लिफ -२ पिस,टिमुर -५ गेडा,ज्वानो -आधा चम्चा,मेथी -आधा चम्चा,गुर्जो -२ टुक्रा,कालो नुन -स्वाद अनुसार,जिरा दाना -आधा चम्चा,मिस्री -स्वाद अनुसार

    बिधीः पानी  उमाल्नुस र सम्पूर्ण सामाग्री हालेर १५ देखी २० मिनट उमाल्नुस र छानेर दिनहु पिउने गर्दा धेरै जाती गर्छ र तपाईंको शरीरलाई तातो राख्न मद्त पुर्याउछ । चिनी नखानेका लागि बिना मिस्री हाली पनि हर्बल काडा बनाउन सकिन्छ ।

    एस्पाराग​स​ सुप​,ब्रोकाउली सुप​,क्यारोट​ आल​म​न्ड​ सुप​,मुङ​ग​ दाल​ सुप​

    सामाग्रीः  ताजा कुरियो -३०० ग्राम,जैतुनको तेल -एक चम्चा,लसुन -दुई केस्रा,मरिचको धुलो  चिम्टी,नुन -स्वाद अनुसार,ताजा थाइमा -सानो एक मुठा,पानी आबश्यकता अनुसार

    बिधीः तातेको जैतुनको तेलमा चप गरेको लसुन फुराउनुस र ब्राउन हुनासाथ सफा गरेर काटेको कुरिलो हालेर राम्ररी चलाऊनुस । केही सम्य पछी आबश्यकता अनुसार पानी हालेर उमाल्नुस र बाँकी सामाग्री हालेर राम्ररी कुरिलोलाई पाक्न दिनुस। केही चिसो हुनासाथ कुरिलो छुट्याएर मिक्स्चर गर्नुस र फेरी केही समय पकाएर छानेर नियमित कुरिलो सुप तातो तातो पिउने गर्नुस ।

    ब्रोकाउली सुप र गाजर आल्मन्ड सुप पनि यसरी नै तयार गरेर तातो तातो पिउन सकिन्छ जुन निकै स्वास्थ्य र इम्युनिटी पावर दिने सुपमा छानिएका छन। सामान्य तया यि सुपहरुमा बटर र मिठो भुटेर रुक्स बनाएर मिसाउने र क्रिम हाल्ने भएता पनि अहिलेको अबस्थामा यि चिजहरु नहाल्दा राम्रो मानिएको छ। मुङग दाल सुप पनि अहिलेको यो अबश्थामा निकै राम्रो सुप हो जसले धेरै स्वास्थ्य सम्बन्धी फाईदा पुर्याउछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु