• हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार १२:३१

    २९ भदौ, काठमाडौं । केही दिन यता ओरालो लागेको सुन सोमबार पुन वृद्धि भएको छ । आज सुन प्रति तोलामा ४सय रुपैयाँले बढेको छ ।

    केही हप्ता अधि सुनको मल्य एक लाख रुपैयाँभन्दा पनि माथि पुग्दै फेरी मूल्य पुन ओरालो लाग्न थालेको थियो।अहिले फेरीं सुनको मुल्य उकालो लाग्दै छ ।

     

    आइतबार गत शुक्रबारकै मूल्य यथावत रहँदै तोलाको ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा बढेको असर पर्दै कारोबार मूल्य ९६ हजार ९ सय रुपैयाँ प्रतितोला निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन ९६ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसैगरी चाँदीको मूल्य पनि सोमबार तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३सय २० रुपैयाँ निर्धारण गरिएको छ ।

    अन्तर्राष्ट्रिय बजारपछ्याउँदै सुनचाँदीको मूल्यमा उतारचढाव कायम छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९४६.६५ अमेरिकी डलर र चाँदी प्रतिऔंस २६.८३ डलरमा कारोबार भएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु