• नेविसंघ ककनि संयोजकमा ढुंगाना चयन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलवार ०६:४२

    काठमाडौं – नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति नुवाकोटले स्थानियतहमा बिद्यार्थी संयोजकहरु चयन गरेको छ । सोमबार नुवाकोटको १२ वटै स्थानिय तहमा संयोजक चयन गरिएको हो । संघको नयाँ अधिवेशन नहुदाँ सम्मको लागि ककनि गाउँपालिकामा बिजय ढुंगाना ,विदुर नगरपालिकामा निरज चित्रकार, बेलकोटगढी नगरपालिकामा कृष्ण पुडासैनीलाई चयन गरी जिम्मेवारी प्रदान गरिएको नेविसंघका जिल्ला सचिव शंकर पाण्डेले जानकारी दिनुभएको छ । यसैगरी, किस्पाङ गाउँपालिकामा सरोज लामा, शिवपुरी गाउँपालिकामा अभियान आर्चाय,तारकेश्वर गाउँपालिकामा दिपेश ढकाल, तादी गाउँपालिकामा आकृती खनाल, सुर्यगढी गाउँपालिकामा सुदिप अधिकारी, लिखुँ गाउँपालिकामा सुदिप पाण्डे, दुप्चेश्वर गाउँपालिकामा सरोजजगं थापा, म्यागङ गाउँपालिकामा कामन तामाङ लामा र पञ्चकन्या गाउँपालिकामा बिनय खतिवडालाई बिद्यार्थी संयोजक चयन गरि जिम्मेवारी प्रदान गरिएको छ ।
    मनोनयन गरिएका बिद्यार्थी संयोजकहरुले बिद्यार्थीको हक अधिकार र स्वतन्त्रताको लागि बुलन्द आवाजका साथ अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल बिद्यार्थी संघको विद्यान २०२७ को सातौ संसोधन २०७५ बमोजिम बिद्यार्थी संयोजकहरु चयन गरिएको हो । जिल्ला कार्यसमितिले मनोनयन गरी पार्टीको जिल्ला कार्य समिति, क्षेत्रिय कार्य समिति र पालिका स्तरिय समितिलाई बोधार्थ दिईएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु