काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर देशभर १ हजार ४५९ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे जानकारी दिएको हो ।
योसंगै देशभर कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा मात्र १ हजार ६२ जना डिस्चार्ज भएका छन् । योसँगै ४० हजार ६३८ जना संक्रमण मुक्त भएका छन् ।