हेर्नुस् के छ आज देशभरका मौसम पूर्वानुमानआज मिति ।२०७८ साउन १९ गते, मंगलवार हेर्नुस् राशिफलफुर्के धागो २ भोलि सार्वजनिक हुँदैपछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएमाले नेता पोखरेलको प्रश्न : केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईँहरु केपी ओलीलाई मार्न चाहानुहुन्छ वा जेल हाल्न चाहानुहुन्छ ?माधव नेपाल समूहको पोजिसन क्लियर भएपछिमात्रै हामीले पाउने मन्त्रालयको टुँगो लाग्छ : मनिष सुमनमाधव नेपाल जननेता हुनुभयो, प्रधानमन्त्री देउवाको हाईट बढेको छ : महेन्द्र यादवआज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
  • इम्युनिटी बुस्टर एसियाको आकर्षक र स्वाश्थ्य बर्दक फल रम्बुटान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलवार १९:४१

    -आर .बी बुढाथोकी

    नेपालमा अहिले एउटा फलको निकै चर्चा हुने गरेको छ त्यो हो (Rumbutan) जुन देख्नमा निकै आकर्षक छ । बाहिर झुसिलो काडा भएको रे भित्र सेतो गूदी भएको यो फल स्वास्थ्यका लागि निकै राम्रो मानिएको छ । काचोमा केही अमिलो हुने र पाके पच्चात गुलोयो हुने यो फल लिच्ची जस्तै आकारको हुन्छ तर लिच्ची भन्दा देख्नमा निकै आकर्षक हुन्छ । रम्बूटान सैपिन्डेसी परिवारमा पर्ने मध्यम आकारको उष्णकटिबंधीय रुख हुन्छ । यो फल गल्फ बल साइजको हुन्छ र बाहिर कर्ली झुस जस्तो देखिन्छ

    यसको नेपाली नामाकरण नभेटिए पनि बैज्ञानीक नाम नेफेलियम (Nephelium lappaceum) हो । ट्रोपिकल फलहरु मध्ये यो एक उत्क्रिट फल हो । यो फलमा पर्याप्त आइरन,भिटामिन सि,कपर,अन्टीटक्सिन पाईन्छ ।

    श्रीलन्का,मलेसिया,थाइल्यान्ड,बर्मा,भारत,भेतनाम,फिलिपिन्स,इन्डोनेसियामा प्रसस्त पाईन्छ । रम्बुटान शब्द मलय शब्द्दबाट आएको हो र यसको अर्थ हो कपाल त्यसै कारण यो फलको नाम रम्बुटान रहन गएको हो । जुन फलको बाहिरी भाग कपालाई कपाल जस्तो जुनड्रुङ हुन्छ ।

     

    यो फलको भित्री भागमा एउटा मात्र कडा खालको हाडे बिया हुन्छ त्यसै कारण यो फललाई ट्रोपिकल फ्रुट पनि भनिन्छ । गर्मी मौसममा यो फल निकै राम्रो मानिन्छ । यो फल पछिल्लो समयमा आएर नेपालमा पनि निकै लोकप्रियता बढेको छ । पोथ्रा पोथ्रा रुख हुने यो फल पाक्न थाले पछी निकै रमणिय देखिन्छ र राम्रो आम्दानीको श्रोत पनि मानिएको छ । यो एक बहुआयामिक फलको रुपमा लिइन्छ। यो फलको जाम,पुरी,जुस,स्मुथी,लास्सी,सलाद आदी इत्यादी बनाएर जसरी खादा पनि हुन्छ । बालुवा,माटो,कम्पोस्ट मल मिसाएर यो फल घरमा पनि सार्न सकिन्छ । यसको दानाबाट बेर्ना निकालिन्छ र नर्सरीहरुमा सहज रुपमा बेर्ना उपलब्द्द हुन्छ । आँफै दाना उमार्ने हो भने बेर्ना निकाल्न १० देखी छ दिन लाग्छ तर दाना बिज्ञसँग सल्लाह गरेर मात्र लिदा राम्रो मानिन्छ ।

    स्वास्थ्य सम्बन्धी के के फाईदा छ त रुम्बाटान फल खादा ?

    • डाइबिटिजको बिमारिका लागि उपयोगी फल मानिन्छ रुम्बाटान
    • शरीरको वजन सन्तुलनका लागि यो फल उत्तम मानिएको एक अध्ययनले देखाएको छ ।
    • मुटु सम्बन्धी समस्या निदान गर्न उत्तम फल रम्बुटान
    • हड्डीको मजबुतीका लागि पनि उत्तम मानिएको छ ।
    • क्यान्सर जस्ता खतरानाक रोग रोकथामाका लागि उत्तम फल
    • यो फललाई इनर्जी बस्टरका रुपमा लिइने हुँदा शरीरिक शक्तीका लागि पनि नियमित खान सकिन्छ ।
    • पाचन शक्तीका लागि पनि यो फल खादा राम्रो मानिन्छ ।
    • यो फलमा भिटामिन सि प्रसस्त पाइने हुँदा चिलाउने समस्या र कपालको समस्या हुनेलाई पनि राम्रो मानिएको छ ।
    • छाला सम्बन्धी समस्या हुनेलाई पनि राम्रो मानिन्छ ।
    • किड्नीको सफाइका लागि पनि यो नियमित खादा राम्रो मानिन्छ ।
    • कोलस्टोर घटाऊन पनि उत्तम साबित
    • बलियो दातका लागि पनि रुम्बाटान फल राम्रो मानिन्छ ।
    • अनाआबश्या शरीरमा भएको बोसो कटाउन पनि राम्रो फल
    • रातो र सेतो रक्तकोसिका बढाउन सहयोगी साबित
    • इम्युनिटी पावर बढाउन उत्तम फल
    • सामान्य बिमारका लागि पनि राम्रो औषधी मानिन्छ
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु