• २०७७ साल भाद्र ३१गते बुधबार हेर्नुस् आजको राशिफल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार ०५:३०

     

    आज – ३१ भाद्र २०७७ बुधवार को राशिफल

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

     

    तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

     

    सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

     

    रोकिएका काम पुनः सुरु हुन सक्छन् l गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । नयाँ र राम्रा अवसरहरू प्राप्त हुनेछन् । कृषि क्षेत्रमा सफलता मिल्नेछ ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

     

    अज व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

     

    आज सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

     

    दिन भाग्यशाली भएर देखा पर्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

     

    छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

     

    प्रतीक्षा गरिएको काम पूरा हुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

     

    आज बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन । सरकारी निकाएको भयपनि रहला ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

     

    रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ । तर अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

     

    भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । दैनिक कामकाजमा असर पर्नसक्छ, तर ठूलाबडाको आशीर्वादले भने रोकिएको काम बन्नसक्छ ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

     

    सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहान लाभ हुने समय छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु