• नेपालमा कहिले भित्रिने यस्ता लेटुस (सलाद पत्ता) जसले स्वास्थ्यलाई अचुक फाईदा पुर्याउछ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार ११:२८

    सलाद पत्ता भन्नाले नेपालमा केही सिमित हरिया पत्तालाई मात्र बुझ्ने गरिन्छ र उपलब्द्द पनि सिमित मात्र छ तर अन्तरास्टिय बजारमा यसका सयौ रङगी चङगी कलममा उपलबद्द हुन्छन । नेपालमा बिशेष त दुई किसिमका लेटुस (ग्रीन लिफ्स) मात्र प्रयोगमा ल्याएको पाईन्छ । बिदेशको तुलनामा नेपालमा यि पत्ताहरुको खेती गरेको पनि खासै छैन । सलाद पत्ताको धेरै किसिमहरु युरोपेली मुलुकहरुमा प्रयोगमा ल्याएको पाईन्छ । धेरै रङग रङगमा पाइने यि पत्ताहरुको आ आफ्नै स्वास्थ्य सम्बन्धी फाईदा छन भने पाक कलामा पनि आ आफ्नै रेसिपी छन । अधिकाम्स सलाद पत्ता काचै खान मिल्ने हुँदा प्रयोगमा ल्याउन पनि सहज छ । यि पत्ताहरु खाना सजाउन जती प्रयोग गरिन्छ त्यो भन्दा ज्यादा खाना खानु भन्दा अगाडि सलादको रुपमा ब्यापक प्रयोग गरेको पाईन्छ । यि ग्रिन्सहरुमा भिटामिन ए भिटामिन बि ६,भिटामिन सि,भिटामिन के,फोलिक एसिड,नियासिन,आइरन,रिबोफ्लाबिन,पोटासियम,कारोटिन,लुटीइन,जेक्सान्थिन जस्ता तत्वहरु पर्याप्त पाइने हुँदा शरीरलाई निकै नै फाईदा पुर्याएको हुन्छ । नियमित ग्रिन्स लिफ खाने बानीले रेफ्रेसमेन्ट हुनुका साथै शरीरको वजन सन्तुलनमा पनि निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

     

    के के छन त बिस्वबिख्यात ग्रिन्स लिफ (सलाद पत्ता) ?

    बटाभिया लेटुस(Batavia lettuce), बिब लेटुस(Bibb Lettuce), बोस्टन लेटुस(Boston Lettuce), इन्डिबस (Endive), फ्रिजी(Frisée), आइस बर्ग लेटुस(Iceberg Lettuce), काले(kale), रेड ग्रिन लिफ लेटुस(Leaf Lettuce), लिटिल जेम(Little Gem), अका ल्याबस लेटुस(Aka Lamb’s Lettuce), मेस्कुलिन(Mesclun), रडिसियो लेटुस(Radicchio), रोमानी लेटुस(Romaine Lettuce),डान्डेलिएन ग्रीन्स(Dandelion Greens), अरुगुला लिफ्स(Arugula), बटर लेटुस(Butter Lettuce), कर्ली इन्डिबस(Curly Endive), कोरल लेटुस(Coral lettuce), वाटर क्रेस(Cress), स्कारोल लेटुस(Escarole), लोसेलिफ लेटुस(Looseleaf lettuce), ओकलिफ्स लेटुस(Oakleaf lettuce), स्पेकल लेटुस(Speckled lettuce), स्टिम लेटुस(Stem lettuce), क्रिपहेड ग्रेट हेड लेटुस(Cripshead great lake), ह्यान्ससन इम्रोभ(Hanson Improved), इग्लो लेटुस(Igloo), वयब्स अन्डरफुल(Webbs Wonderful), ब्रोन्ज मिगनोनेट(Bronze Mignonette), डाइनामिट लेटुस(Dynamite), फोर सिजन लेटुस(Four Seasons), युगोसलाभिया रेड(Yugoslavian Red), चिमारुन लेटुस(Cimmaron), इज सर्भ लेटुस(EZ Serve), लिटल सिजर लेटुस(Little Caesar), पेरिस आइल्यान्ड(Parris Island),  ग्रिन आइस(Green Ice), प्रिजी हेड(Prizehead), रेड साइल्स(Red Sails), ग्र्यान्ड,र्यापिड(Grand Rapids), डियर टङग(Deer Tongue), सिम्स सन(Simpson), भिभीयन (Vivian), रुबी लेटुस (Ruby), प्यारिस ह्वइट (Paris White) आदी प्रमुख छन । तर नेपाल यि लेटुस मध्य २ या ३ थरिका मात्र उपलब्द्द छन। नेपालको हावापानिमा धेरै नै लेटुसहरु उत्पादन गर्न सकिन्छ र ब्यबसायिक रुपमा होटल रेस्टुरेन्टमा खपत हुने हुँदा आर्थिक रुपमा पनि नगदे खेतीको रुपमा लिन सकिन्छ ।

     

    के के मा खपत हुन्छ त लेटुस(सलाद पत्ता)?

    माथि उल्लेखित सबै जसो लेटुसहरु ब्यबसायिक रुपमा प्रयोग हुने हुँदा होटल रेस्टुरेन्ट,ब्यान्केट,क्याटररिङ्ग,होटल म्यानेजमेन्ट कलेजहरुमा खाना सजाउन,सलाद बनाउन,बर्गर स्यान्डुजहरुमा ब्यापक प्रयोग हुने हुँदा निकै खपत हुने गर्छ। घरयसी प्रयोगको लागि पनि प्रयोग गर्दा यो निकै स्वाश्थ्य बर्दक मानिन्छ । यि रङग रङग सलाद पत्ता किचनमा हुने भनेको किचनको सोभा बढाउनु हो । जसरी घरलाई उज्यालो बनाउन थरी थरीका फुल रोपिन्छ त्यसरी नै भान्सा र खानाको सोभा बढाउनु छ भने थरी थरीका लेटुस अनिबार्य राख्ने गर्नु पर्छ ।

    लेखक – आर. बी. बुढाथोकी

    -होटल सोल्टी क्राउन प्लाजामा ‘सुसेफ’मा कार्यरत साथै सन्तुलित आहारका बारेमा कलम चलाउदै आउनुभएको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु