• शाकाहारी पार्टीका प्रदेश संयोजकबाट बुबाको सम्झनामा शाकाहारी भोजन वितरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार १५:३८

    काठमाडौं । नेपाल शाकाहारी पार्टीका सुदूरपश्चिम प्रदेश संयोजक इन्द्र मल्लले आफ्ना बुवाको १३ औं पुण्यतिथिमा काठमाडौंमा झण्डै २ हजार जनालाई आज शाकाहारी भोजन खुवाएका छन् ।
    उनका पिता गंगाराम मल्लको ७३ वर्षको उमेरमा कञ्चनपुरको बेदकोट नगरपालिका ३ मा निधन भएको थियो । ईन्द्रले बुबाको सम्झनामा काठमाडौंका विभिन्न ठाउँमा रहेका सर्वसाधारणलाई त्यही पुगेर भोजन गराएको बताए ।

    ‘म त कञ्चनपुरको घरमै छु, मेरो समन्वयमा त्यहाँ रहेका साथीहरुले भोजन ग्रहण गराउनु भयो’ उनले भने ‘कोरोना भाइरसको त्रासका कारण भएको लकडाउन र अन्य कारणले पनि समस्यामा परेका नागरिकलाई केही भए पनि राहत होस् भनेर यस्तो योजना गरेको हुँ ।’ उनका अनुसार रत्नपार्क, बसपार्क, कलंकी, त्रिपुरेश्वर, पशुपति क्षेत्रलगायतका ठाउँमा पुगेर पार्टी अध्यक्ष राधेश्याम खड्का र फुड बैंकले भोजन वितरण गरेका थिए । उनले दुःखको घडीमा खड्का र फुड बैंकले गरेको सहयोगप्रति पनि आभार व्यक्त गरेका छन् ।
    ईन्द्रले बुबाको सम्झनामा कसैलाई सहयोग गर्न पाएकामा खुशी लागेको बताएका छन् । उनले बुबाको नाममा आगामी दिनमा पनि सामाजिक क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु