• रञ्जु दर्शनाले मागिन विद्या सुन्दरले सोल्टी होटलमा गरेको खर्च विवरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार १८:१४

    काठमाडौँ – विवेकशील नेपाली दलले काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सोल्टी होटेलमा आइसोलेसन बस्दा भएको खर्च विवरण माग गरेको छ।

    गत स्थानीय निर्वाचनमा काठमाडौँ महानगर प्रमुखकी प्रत्याशी एवं दलकी नेतृ रञ्जु दर्शनाले सूचनाको हक बमोजिम शाक्यले गरेको खर्च विवरण माग गरेकी हुन्।

    दर्शनासंगै दलका संघीय समिति सदस्यहरु रजिया बानु र प्रमेश श्रेष्ठले शाक्यको ५ तारे होटेलको आइसोलेसनको खर्चमा महानगरले बेहोरेको विवरण तथा महानगरले कोभिड-१९ रोकथामको लागि गरेको खर्च विवरणको सूचना माग गरेका हुन्।

    निवेदन दर्ता गरेपछि नेतृ रञ्जु दर्शनाले नागरिकको जिउधनको रक्षा गर्न असक्षम महानगरका गतिविधहरुमा पारदर्शीता कायम नभएकोमा सूचना माग गरेको बताइन्।

    भदौ १३ गते कोरोना संक्रमण पुष्टि भएका शाक्य श्रीमती र परिवारका अरु सदस्यसहित सोल्टी होटलबमा बसेका थिए। बाहिर घरमै आइसोलेसनमा बसेको दाबी गरे पनि प्रतिदिन ७५ हजार रुपैयाँभन्दा बढी खर्च हुने गरी सोल्टी बस्न पुगेका थिए।

    उनको परिवारले दश लाखभन्दा बढी त्यहाँ खर्च गरेको बताइएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु