• सदस्य–सचिवद्वारा ललितको स्वास्थ्य अवस्था बारे जानकारी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार १८:२१

    काठमाडौं, भदौ ३१ गते ।
    राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सडक दुर्घटनामा परी घाइते भएका राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।
    ललित उपचाररत टोखास्थित ग्रान्डी इन्टरनेसनल अस्पाताल पुगी सदस्य–सचिव सिलवालले ललितको अवस्था बारे जानकारी लिएका हुन् । सदस्य–सचिव सिलवालले ललितको उपचारमा संलग्न चिकित्सकसंग भेट गरी ललितको स्वास्थ्य अवस्था बारे पनि जानकारी लिएका थिए । परिवारसंग पनि भेट गरी शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । साथै उनले ललितका परिवारसंग उपचारका सम्बन्धमा चिन्ता नगर्न बताउदै उपचारमा परिषद्ले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
    भेटका अवसरमा नेपाल क्रिकेट संघका सदस्य छुम्बी लामा, राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्का पनि उपस्थित थिए ।

    टेबलटेनिस खेलाडीको कोरोना बिमा
    अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय टेबलटेनिस खेलाडीको कोरोना बिमा गरिदिएको छ । पुरुष÷महिलामा शीर्ष १६ वरीयतामा रहेका खेलाडीको कोरोना बिमा गरिएको संघका अध्यक्ष चतुरानन्द राज वैद्यले जनाएका छन् ।
    वैद्यका अनुसार सबै प्रशिक्षक र अन्तर्राष्ट्रिय अम्पायर तथा टेबलटेनिस केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुको पनि कोरोना बिमा गरिएको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनीमा सबैको १ लाखका दरले बिमा गरिएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु