• लुम्बिनी एकेडेमिको कक्षा ११ का अनलाइन कक्षाहरु असोज दोस्रो सातादेखि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार ०६:२१

    काठमाडौं १ असोज।
    काठमाडौंको चाबहिल चुच्चेपाटीस्थित लुम्बिनी एकेडेमिक कलेजले कक्षा ११ का लागि असोज दोस्रो सातादेखि अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ ।
    कोभिड–१९ को महामारीका कारण भौतिक रुपमा कलेजमै उपस्थित हुन नसक्ने अवस्था रहेकाले अनलाइन कक्षा सञ्चालन गर्ने तयारी गरिएको कलेजका प्रिन्सिपल रविनचन्द्र कोइरालाले बताए ।
    अनलाइन शिक्षणका लागि आफ्नो कलेजमा भौतिक भौतिक सामग्री एवम् पर्याप्त पूर्वाधार रहेको उनले जानकारी दिए । कलेजका अध्यापकहरु पनि प्रविधिको प्रयोगमा अभ्यस्त रहेको र विद्यार्थीकेन्द्रित शिक्षणमा दक्ष रहेको उनको दाबी छ ।
    अब अनलाइनका माध्यमबाट भए पनि पठन पाठन लाई निरन्तरता दिनु पर्ने आवश्यक रहेकोले अनलाइन कक्षा संचालन गर्न लागिएको कलेजका भाइस प्रिन्सिपल रविन भट्टराईले बताए ।

    बिगत लामो समयदेखि शिक्षाको क्षेत्रमा योगदान गर्दै आएको लुम्बिनी एकेडेमीअन्तर्गत प्ले ग्रुपदेखि एम.बि.एस तहसम्मका कक्षा सञ्चालनमा छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु