• बाँपीझ्याल मासिक पत्रिका अव अनलाईनामा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार ०८:३२

    १ असोज, काठमाडौं । द्वाल्खा नेपाल भाषा मार्फत सञ्चालन हुदै आएको बाँपीझ्याल मासिक पत्रिका आजबाट अनलाईन पोर्टलमा सञ्चालित भएको छ । द्वाल्खा नेपाल भाषाको जर्गेना गर्ने मासिक पत्रिका २०५६ साल बाट दोलाखा जिल्लामा प्रकाशित हुदै आएको थियाे ।

    द्वाल्खा नेपाल भाषाको जर्गेना, बोलीचालीमा निरन्तरता, पर्यटकिय एवं साँस्कृतीक परम्पराको स‌ंरक्षण तथा सञ्चालनमा सहयोग गर्ने उद्देश्य अनुरुप समयको परिवर्तन संगै नयाँ प्रविधीमा जोडिएर अनलाईनमा जान लागेको बाँपीझ्याला मिडिया प्रा.लि.काअध्यक्ष/ सम्पादक उपेन्द्र प्रधानले डिजिटल खवर बताउनुभयाे ।

    प्रधानले विश्व भरी आ–आफ्नो पेशा व्यवसायमा संलग्न भएर बस्नु हुने दोलखाली नेवाः जाती, नेपाली दाजुभाई दिदीबहिनीहरु तथा शुभचिन्तकहरुको लागि सुचना प्रवाहमा सहयोग पुगोस् भन्ने उद्देश्यले अव बाँपीझ्याला पत्रिका यही २०७७ असोज १ गतेदेखि अनलाईनमा बाँपीझ्याला डट कम (www.bampijhyala.com) रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु