• अनेरास्ववियु र फुड बैक काठमाडौं द्वारा राहत बितरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार १०:०६

    असोज १,काठमाडौ। कोरोना भाईरसको महामारीको अवस्थामा ताहाचल,डल्लु क्षेत्र भित्र रहेका अति बिपन्न अपाङ्गता,सुत्केरी साथै मजदुरहरुलाई राहत प्रदान गरिएको छ।

    राहत बितरणको महेन्द्र रत्न क्याम्पस ताहाचल परिसरमा अनेरास्ववियु र फुड बैक काठमाडौं को सहकार्यमा चामल,दाल,म्साैयारा,नुन तेल,साबुन प्रदान गरेको हो ।

    अति बिपन्नलाई खाद्यान्न अभाबका कारण दैनिकी चलाउन बाधा नपुगोस भनी पुजा कडेल,भुमिराज अधिकारी,कृष्ण प्रसाद रिजाल ,दिपा जोशी शासन सापकोटा,संगम लामा,सम्झना राई सहित को अभियान्ताहरूको सहयोगमा आज नवाैं दिन राहत बितरण गरिएको हो।

    आज कार्यक्रम मा अनेरास्ववियु केन्द्रीय सदस्य दुधराज लामा कल्याणकारी स्वयंसेवकसंघ नेपाल अककल बहादुर तामाङ समाजसेवी आर्यान खतिवडा कोटेश्वर गोलवल भिजनका प्रथम उपाध्यक्ष नारायण वेल्बासे लगाएको उपस्थिति थियोे ।

    यस राहत बितरण अभियान लाई दशै पछि शटर नै लिएर हुने ले दिने र नहुने लाने अभियान संचालन गरिने अभियान्ता दिपा जोशी र पुजा कडेलले बताउनु भयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु