• पछिल्लो २४ घण्टामा देशभर १ २४६ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार १७:०२

    काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर १ हजार २४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । योसँगै देशभर संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।

    यसैगरी, प्रवक्ता गौतमका अनुसार आज १ हजार २४३ जना संक्रमित निको भएका छ्न् । योसँगै हालसम्म निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ ।

    आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ । आज १० हजार ६४१ जनाको पीसीआर परीक्षण भएको पनि गौतमले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु