• फलहरुको राजा डुरियन जसका स्वास्थ्य सम्बन्धी फाईदै फाईदा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार ०६:१२


    -आर.बि. बुढाथोकी

    डुरियन(Durian)लाई फलको राजा मानिन्छ । यो फल हाम्रो रुख कटहर जस्तो देखिएता पनि यसको भिन्न बिशेषता छ । शक्तिको मुख्य श्रोतको रुपमा लिइने यो फलको ओजन ६०० देखी ७०० ग्राम सम्महुन्छ । सय ग्राम डुरियल फल खादा १४७ क्यालोरी शक्ति प्राप्त हुने हुँदा यो धेरैका लागि उपयोगी फलको रुपमा लिइन्छ । जर्मन रिसर्च सेन्टर फर फुड केमेस्ट्रीका अनुसार यसको गन्ध महको या रोस्ट गरिएको प्याजको जस्तो भिन्न खालको हुन्छ ।अमेरिकन कृषि बिभागको अनुसन्धान अनुसार यो फल प्रोटिन,कार्बोहाइडेड,फाइबर,क्याल्सिय,पोटासियम,भिटामिन सि,रिबोफलाभिन फोलट पर्याप्त पाइने हुनाले सबैलाई उत्तम छ ।यो फललाई भिटामिन र मिनेरल्सको भन्डार(ग्यालोरी)भनेर पनि चिनिन्छ ।यो फलको बैज्ञानीक नाम डुरियो हो भने मॅलोस उच्च बर्गिकरण र मैलवेलीस समुहमा राखिएको छ ।

    यो फललाई खादा अली होसियार पूर्वक हातमा ग्लब्स लगाएर भुइकटहर जस्तै छोडाएर कोया निकालेर खानु पर्छ । कसै कसैलाई भने यो फलले साइड इफेक्ट पनि हुन सक्ने हुँदा बुझेर मात्र सेबन गर्दा राम्रो हुन्छ । कसै कसैलाई यो फल खादा डाइरिया हुने,पेट दुख्ने,ग्यास हुने ,बमिट हुने,एलर्जी हुने हुन्छ तर पनि यसका ब्यापक स्वास्थ्य सम्बन्धी फाईदै फाईदा पाईन्छ ।महत्वपूर्ण मिनेरल्स जस्तै पोटासियम,क्याल्सियम,म्याग्नेसियम,सोडियम,जिन्क,फस्पोरस पर्याप्त पाइने हुँदा पनि यो फल अती नै राम्रो र स्वास्थ्य सम्बन्धी धेरै फाईदा बोकेको हुन्छ । फलको राजा भनेर साउथ इस्ट एसियामा प्रख्यात भएता पनि मलेसिया,इन्डोनेसिया,ब्रुनाइ,फिलीपिन्समा यसको खेती ब्यापक हुन्छ । ३० प्रजातीमा पाइने यो फल ९ जात मात्र खान योग्य मानिएको छ ।
    यो फल खादा हुने स्वास्थ्य सम्बन्धी फाईदा
    पाचन शक्ती बलियो बनाउन मद्दत पुर्याउछ ।
    कार्डियोभास्कुलर रोग हुनबाट बचाउन मद्दत पुर्याउछ ।


    ब्लड सुगरलाई सन्तुलनमा राख्न सहयोगी भूमिका खेल्छ ।
    बल्ड प्रेसर हुनबाट बचाउन पद्दत गर्छ ।
    भिटामिन सि का कारण बुढो देखिनबाट सुरक्षित राख्छ ।
    क्यान्सरको जोखिमबाट जोगाउछ ।
    हेल्दी फर्टिलिटी अर्थात सेक्सुयल डिसफंक्शनका लागि सहयोगी फल ।
    हड्डी सम्बन्धी रोग निदान गर्न मद्दत पुर्याउछ ।
    फोलियाको मुख्य स्रोतका कारण एनिमिया हुनबाट बचाइ राख्छ ।
    एमोनो एसिडका कारण इन्सोमनियाकोबाट बचाउछ
    प्राकृतिक रुपमा डिप्रेसन हुनबाट बचाउन मद्दत पुर्याउछ ।
    स्ट्रेस हुने समस्या छ भने पनि यो फल बहु उपयोगी साबित छ ।
    शरीरको वजन घटाऊन अती राम्रो फल मानिन्छ ।
    यो फल प्राकृतिक शक्ति प्रदायक बुस्टर पनि हो जसले इम्युनिटी पावर बढाउन सहायता गर्छ ।
    यो फलमा सुन्य कोलस्टर हुने हुँदा उच्च शक्ति दिने इन्धन मानिन्छ ।
    हार्ट डिजिजका लागि पनि अती नै उपयोगी फल हो डुरियन ।
    यो फल नियमित खान सके सक्रमण हुनबाट पनि धेरै बच्न सकिन्छ ।
    नियमित निन्द्रा(स्लीप साइकल)का लागि झन यो अमृतसरी फल हो ।
    मुलायम स्किनका लागि पनि यो फल नियमित खादा राम्रो मानिन्छ ।

    (लेखक -बुढाथोकी सोल्टी क्राउन प्लाजा होटलका सुसेफ हुनुहुन्छ र सन्तुलित आहार र पाक कलाका बिषयमा लामो समयदेखि कलम चलाउदै आउनु भ​एको छ​)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु