• हत्या गरी खेतको मेढिमा फालिएको शव भेटियो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार २०:३२

    बुटवल- शुध्दाेधन गाउँ पालिका वार्ड नम्बर २ ,बनगाइमा  शुक्रबार बिहान खेतमा घाँस काटन गएका स्थानीयले बाटोको छेउ खेतको मेढिमा एक जना युवकको मृत्युअवस्थामा भेटिएको स्थानीयले बताए।

    कस्को शव हो भन्ने पत्ता नलागे पछि रन्यौरा प्रहरी कार्यालयलाई खबर गरिएको शुध्दाेधन २ का वडा अध्यक्ष विष्णुप्रसाद बस्यालले बताए।प्रहरी अनुसन्धान अनुसार शव बुटवल १६ सेमलारका ३१ वर्षिय टिकाजंग कुवर रहेको र उनलाई फलामको धारिलो हतियार ले प्रहार गरि हत्या गरेको हुन सक्ने र यो हत्या षड्यन्त्र गरि हत्या गरेको अनुमान भएको रन्यौरा प्रहरी कार्यालय प्रमुख यम.के.श्रेष्ठले जानकारी दिए।

    हत्याको बारेमा थप अनुसन्धान भैरहेको र शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ भने अपराधीलाई छिटोभन्दा छिटो पक्राउ गरिने श्रेष्ठले जानकारी दिए।अनुसन्धान कै क्रममा शवको केही दुरीमा फलामको रड लगायतका संकास्पद बस्तु फेला परेको छ।

    सो स्थानमा यस प्रकारको हत्याले स्थानीयवासी त्रासमा भएको स्थानीयवासीको भनाइ छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु