• समाजसेवी प्रधानको जन्मदिनको अवसर पारेर लायन्सद्वारा रक्तदान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार १०:५८

    काठमाडौ ।लायन्स क्लब अफ चन्द्रगिरी मण्डलाले चन्द्रगिरीको सतुगलमा समाजसेवी देवेन्द्र प्रधानको जन्म दिनको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

    समाजसेवामा ठुलो योगदान पुर्‍याएर लायन्स क्लबले विश्वका विभिन्न मुलुकमा आफ्नो नाम स्थापित गरिसकेको छ । समाजमा रहेका गरिव दुखीको घर दैलो गरेर सेवा गर्ने गरेको भनी समाजसेवी देवेन्द्र प्रधानको जन्मदिनको अवसरमा कार्यक्रमको आयोजना गरेको जानकारी गराएको छ ।

    उक्त कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा युवा नेता ज्ञानेन्द्र शाही ,नायिका रेजिना उप्रेती, रेस्लिङ खेलाडी भगवती खड्का,अस्मिता जुरेलीको समेत सहभागीता थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु