• क’ बाट कविता लिएर आइन् श्रुति

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार १५:३७

    काठमाडौं । श्रुति बेलामौका साहित्य रचना गरिरहन्छिन् । उनी खास गरी कथक नृत्यकी कोरियोग्राफर हुन् तर यो सँगै अन्य विधामा पनि उनी जमेर लागेकी छिन् ।
    पछिल्लो समयमा उनले ‘क’ बाट कविता’ भनेर नयाँ सिर्जना बजारमा पस्केकी छिन् । उनले ‘क’ लाई विभिन्न ढंगले व्याख्या र चर्चा गरेकी छिन् । ‘क’ कतिपय अवस्थामा राम्रो पनि भएको र कहिलेकाँही खराव पनि भएको उनको रचनामा सुन्न सकिन्छ । स्याङ्जाको पुतलीबजारमा जन्मेकी उनी काठमाडौंको माइतीघरमा रहेको सेन्ट जेभियर्स कलेजमा एम्एस्सी पढ्छिन् । उनी कुशल नृत्यांगना पनि हुन् । विभिन्न प्रतिष्पर्धात्मक कार्यक्रममा आफ्नो विधाको तर्फबाट निर्णायकको भूमिका समेत निर्वाह गरेकी उनी धेरैजसो आफ्नो प्रतिभालाई युट्युवबाटै सार्वजनिक गर्ने गर्छिन् ।
    उनले गोलो गोलो अण्डा, पुलिसको डण्डा, हनुमानको पुच्छर, स्वर्ग जाने बाटो हो ‘क’ बाट कविता सुरु गरेकी छिन् । उनले ‘क’ जीवनको कण हो, कहानी हो, कहाली हो भनेकी छिन् । उनले कवितामार्फत समसामयिक विषय पनि उठाएकी छिन् । उनले ‘क’ बाट नै कम्युनिष्ट, कांग्रेस, करोडपति र कंगाल हुने पनि स्पष्ट पारेकी छिन् । उनको यो कविता श्रुति काफ्ले भनेर युट्युवमा गएर सुन्न सकिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु