• हेर्नुस् के छ विश्वभर कोरोना भाइरसको पछिल्लो अपडेट

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ आश्विन २०७७, आईतवार १०:०२

    काठमाडौ ४ असोज । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड ९ नौला ८४ हजार नाघेको छ । जसमध्ये ९ लाख ६१ हजारको मृत्यु भइसकेको छ ।

    पछिल्लो समय कोरोना संक्रमणबाट मृतक संख्या बढ्दै जाँदा १० लाख नजिक पुगेको छ । मृत्यु हुनेहरुमा सबैभन्दा बढी अमेरिकी छन् । अमेरिकामा संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार नाघेको छ ।

    भारतमा कोरोनाबाट ८६ हजार, ब्राजिलमा एक लाख ३६ हजार, रुसमा १९ हजार, पेरुमा ३१ हजार, कोलम्बियामा २४ हजार, मेक्सिकोमा ७३ हजार, दक्षिण अफ्रिकामा १५ हजार, स्पेनमा ३० हजार, फ्रान्समा ३१ हजार, बेलायतमा ४१ हजारको निधन भइसकेको छ ।

    कोरोनाबाट मृतक संख्या बढिरहेकाले अबको केही दिनमै विश्वभर मृत्यु हुनेको संख्या १० लाख पुग्ने आँकलन गरिएको छ ।-एजेन्सी

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु