• ‘हिमचितुवा’को निधनमा राष्ट्रपतिबाट दुःख व्यक्त

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार १९:२४

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रख्यात नेपाली पर्वतारोही आङ्रिता शेर्पाको असामयिक निधन भएकामा दुःख व्यक्त गरेकी छिन् । आज अपराह्न ट्वीट गर्दै राष्ट्रपतिले ‘हिमचितुवा’को निधनबाट मुलुकको पर्वतारोहण पर्यटनका क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएकी हुन् ।

    दिवङ्गत शेर्पाको आत्माको चीरशान्तिको कामना गर्दै राष्ट्रपति भण्डारीले शोकाकूल परिवारमा समवेदना पनि व्यक्त गरेकी छिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु