• अपाङ्गता भएका व्यतिहरुलाई सहयोग सामग्री

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार २१:५६

    काठमाडौ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण समस्यामा परेका अपाङ्गता भएका २० जना
    व्यतिहरुलाई सहयोग सामग्रीहरु वितरण गरिएको छ।

    कोरोना भाइरसका कारण पहिले गरिएको लकडाउन र पछिको निशेधाज्ञाका कारण समास्यमा परेका विभिन्न व्यक्ति सेवा नै धर्म हो भन्ने मुलमन्त्रलाई आत्मसात गरि सामाजिक अभियान्ता प्रकाश श्रेष्ठ र काजिलाल श्रेष्ठको पहलमा दैनिक उपभोग्य सामाग्री चामल,दाल,नुन,खाने तेल लगाएत हस्तान्तरण गरियो ।


    काठमाडौ महानगरपालिका ६ बौद्ध रामहिटिमा डेरागरी बस्ने अपाङगता भएका व्यतिहरुलाई समाजसेवीहरु-मिरा शाह,सोना वैद्य,रिमा सुब्बा,अन्जु रायामाझी,ओम श्रेष्ठ,पबित्रा पाण्डे,कृष्ण कुमारी खड्का र बाल कृष्ण थापाको सहयोगमा सामग्रीहरु हस्तान्तरण गरिएको हो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु