• रूरू क्षेत्र रिडीमा एकसाताका लागि बजारक्षेत्र शील

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार २२:०७

    बुटवल- गुल्मीकाे रूरूक्षेत्र रिडीमा समुदायका काेराेना फैलिएपछि एकसाताका लागि बजारक्षेत्र शील गरिएकाे छ । रूरूक्षेत्र गाउँपालिकाले एक साताका लागि बजार क्षेत्र शील गर्ने निर्णय गरेको हाे।

    कोरोनाका कारण रिडीको पुलपारी तानसेन १४ कुसेनीगाँउकी एकजना महिलाको मृत्यु भएको छ भने परिवारकै थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै रिडी बजारका ७५ वर्षिय एक बृद्धा समेत कोरोना संक्रमण पुष्टि भएपछि त्रास बढेकाे हाे ।

    कोरोना संक्रमण थप फैलिन नदिनका लागि रूरूक्षेत्र गाँउपालिकाले आज बेलुका सुचना जारी गर्दै बजारक्षेत्र शील गरेकाे र स्थानीयलाइ बाहिर ननिस्कन समेत निर्देशन दिएकाे छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु