• उदय सोताङ र मनिला सोताङको नयाँ गजल गीत सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार ०६:०५

    काठमाडौ । पूर्वेली यूगल जोडीका रुपमा परिचित गायक उदय सोताङ र मनिला सोताङको नयाँ गजल गीत सार्वजनिक भएको छ।

    एउटा गजल तिम्रो लागि’ बोलको गजल गीतलाई यूगल जोडीले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् । गीतमा शब्द सुरेश वाग्लेको रहेको छ ।
    नेपाली वेबसाइट युट्युव च्यानलमार्फत सार्वजनिक गीतमा अग्रज संगीतकार तथा गायक उदय सोताङको संगीत तथा उनै सोताङ दम्पतीको स्वर सुन्न सकिन्छ ।
    प्रेमिल शब्दले भरिएको गीतमा सोताङ दम्पतीको वास्तविक जीवनलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
    गीतको भिडियोमा उनै उदय र मनिलाको अभिनय देख्न सकिन्छ । सान थापाको निर्देशनमा तयार गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।

    भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु