• कोभिड-१९ को संक्रमणबाट बितेको २४ घन्टामा थप १७ जनाको मृत्यु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार १७:११

    काठमाडौं । कोरोना भाईरस (कोभिड-१९) को संक्रमणबाट बितेको २४ घन्टामा थप १७ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बृफिङमार्फत प्रवक्ता डा.जागेश्वर गौतमले ५ महिलासहित १७ जनाको मृत्यु भएको जानकारी दिए ।यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।

    आज कोरोनाबाट मृत्यु हुनेमा मोरङकी ५५, सुनसरीकी ८१, भक्तपुरकी ७३, काठमाडौंकी ८२ र धादिङकी ३२ वर्षिय महिला छ्न् ।

    यसैगरी, झापाका ७८, धनुषाका ६८, ७०, रौतहटका ६५, भक्तपुरका ८४ र तनहुँका ३९ वर्षिय पुरुषको पनि कोरोनाबाट ज्यान गएको छ ।

    यस्तै, काठमाडौंका ७५, ७९, ८०, दाङका ३९, कपिलवस्तुका ५० र नवलपरासीका ५५ वर्षिय पुरुषको समेत निधन भएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु