• रूपन्देहीमा तिनाउ नदीले एक घर बगायाे, दर्जनाै स्थानमा क्षति

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार २०:५२

    बुटवल- रूपन्देहीकाे तिनाउ नदीमा आएको बाढीले बुटवलमा एक घर बगाएको छ भने जिल्लाका दर्जनाै स्थानमा क्षति पुर्याएकाे छ ।दुइदिनदेखिकाे अबिरल बर्षाले तिनाउ नदीमा खतराको तह नाघेकाे हाे । बाढीले बुटवल उपमहानगरपालिका वडा नम्बर १७ रानीगंजमा एक घर बगाएको हो । बाढीले बिहिबार दिउसो स्थानीय प्रेम कुमारी खाँम्चाको टिनले छाएको ब्लकले बनाएको एक तले घर वगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी खडक बहादुर खत्रीले जानकारी दिए ।

    बाढीले मानवीय क्षती नभए पनि सोही स्थानका अन्य ४ घर जोखिममा रहेका छन्। सुकुम्वासी वस्ती रहेको तिनाउ नदी तटिय क्षेत्रमा २० हजार बढी घरपरिवार सकुम्बासीका रुपमा बस्दै आएका छन । तिनाउ नदीले खतराको तह नाघे पछि तिनाउ नदीको तटीय क्षेत्र र आसपासमा रहेका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । त्यस्तै अविरल बर्षाका कारण मर्चवारको भरथापुरमा बाढी पसेको छ ।

    जिल्लाकै सबैभन्दा बढी जोखिममा रहेको भरथापुरको ४ वटा घरमा पानी पसे पछि घरमा बस्नेहरुलाई अन्नपात र चौपाया सहित अन्यत्र सारिएको छ ।बिहिबार बिहानै भरथापुरका को ४ घरमा पानी पसेपछि शसस्त्र प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा सारेको शसस्त्र प्रहरी रुपन्देहीका प्रमुख तेज प्रसाद पोखरेलले जानकारी दिए ।शसस्त्र प्रहरी नायब निरिक्षक सहदेब सापकोटाको कमाण्डमा ९ जनाको टोलीले उनिहरुको उद्दार गरेको पोखरेलले जनाए । रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ र लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर २ अत्याधिक बाढीको जोखिममा पर्ने वडा हुन् ।

    यस्तै शसस्त्र प्रहरी बलले बाढीमा आत्महत्या गर्न पसेको ३ जना बालबालिका सहित महिलालाई उद्दार गरेको छ । बिहिबार दिउसो करिब ३ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ भरथापुर बस्ने राम आशिस मल्लाहको श्रीमती ३३ बर्षिय गंगोत्री मल्लाह घरायसी बिबादका कारण २ छोरा र १ वटी छोरी लिएर दानव नदिको बाढीमा आत्महत्या गर्न पसेकी थिईन ।उनलाई बाढीमा पसेको देखे पछि उद्दारको लागी गएको शसस्त्र प्रहरी नायब निरिक्षक सहदेव सापकोटाको कमाण्डको टिमले उद्दार गरेर निजकै घरमा सुरक्षित साथ राखेको प्रहरीले जनाएकाे छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु