• “आज फेरि” सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार ०७:१८

    काठमाडौं ।बियोगान्त प्रेम कथामा आधारित रहेर भाइरल जोडिको फेरि पनि नयाँ म्युजिक भिडियो “आज फेरि” सार्वजनिक भएको छ । प्रेम जिवनमा विभिन्न किसिमका समस्याहरु आउन सक्छन , जिवनमा अनेक घटना घट्न सक्छन तर पनि तिता कुरालाई बिर्सेर नया जिवनको सुरुवात गर्न सकिन्छ भन्ने कुराको सन्देश उक्त म्युजिक भिडियोमा देखाइएको छ । नाठो पोइ नामक शर्ट फिल्म मार्फत भाईरल भएको यो जोडि पुन एक मार्मिक कथामा आधारित म्युजिक भिडियो मार्फत दर्शकसामु आएका छन ।गितमा कलाकार विजय राज भुर्तेल र दिपिका थापाको अतिनै रुचाईएको जोडि सहित एक पुराना मेहिनती र बेजोड अभिनय गर्ने कलाकार दिपेन्द्र घिमिरेको पनि उत्तिकै अभिनय हेर्न पाइन्छ । राजेश साप्कोटाको स्वोर रहेको उक्त गीतमा शब्द घनश्याम प्याकुरेल र सङीत सुवास भुसालको रहेको छ ।देव धिमालको निर्देशन रहेको यो गीतमा सुमन तामाङको छायांकन रहेको छ भने विजय राज भुर्तेल आफैले उक्त गीतको सम्पादन गरेका छन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु