• हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार १२:१८

    काठमाडौँ ९ असोज। लगातार तीन दिन ओरालो लागेको सुन तथा चाँदीको मूल्यमा असोज ९ गते, शुक्रबार वृद्धि भएको छ। यस दिन सुन तोलामा ८०० रुपैयाँले बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारदेखि बिहीबारसम्म चार हजार १०० रुपैयाँले घटेको सुन र चाँदीको मूल्य शुक्रबार बढेको हो। अघिल्लो दिन बिहीबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

    शुक्रबार चाँदीको भाउ पनि बढेको छ। यस दिन चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला एक हजार १६० रुपैयाँमा किनबेच भइरहेको छ। पछिल्लो तीन दिन चाँदी २०० रुपैयाँले घटेर एक हजार १२० रुपैयाँमा झरेको थियो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु