• पछिल्लो २४ घन्टामा देशभर १३१३ जना कोरोना भाइरसका संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार १७:०३

    काठमाडौं, ९ असोज । नेपालमा कोरोना भाइरसका आज १३ सय १३ जना संक्रमित थपिएका छन् । संगै कुल संक्रमितको सख्या ७० हजार ६ सय १४ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

    आजसम्म ५१ हजार ८ सय ६६ जना संक्रमणमुक्त भएका छन् । आज १४ सय ५५ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु