दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तिनाउ नदीमा बाढीले खतराको तह पार गर्‍यो, बुटवल क्षेत्रमा भीषण वर्षा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ आश्विन ९ गते, शुक्रबार २३:३०

बुटवल-बुटवल क्षेत्रमा शुक्रबार राती भीषण वर्षा भएको छ। राती करीब ८ बजेदेखि राती ११ बजेसम्म नै लगातार भीषण वर्षा भएको हो। वर्षाका कारण तिनाउ नदीमा बाढी आएको छ भने सडकहरुमा खोलामा जस्तै बाढी आएको छ। तिनाउ नदीमा राती ९ बजेदेखि बाढीले खतराको तह पार गरेको छ। सामान्यतया ५.६ मिटरसम्म खतराको तह पार गरेको मानिनेमा राती ९ बजेदेखि तिनाउमा ६.५९२ मिटरसम्म पुगेको छ।

बाढी पूर्वानुमान महाशाखाले तिनाउ नदीमा खतराको तह पार गरेको जनाएको छ। राती ९:२० बजेदेखि तिनाउमा निरन्तर बाढी आइरहेको छ। बाढी पूर्वानुमान महाशाखाको रियलटाइम वाचमा बाढी निरन्तर बढ्दो क्रममा रहेको देखिएको छ।लगातार परेको वर्षाले बुटवल क्षेत्रका धेरैजसो सडक डुबानमा परेका जानकारीहरु सामाजिक सञ्जालमा देखिन्छन्।

धेरैले यति ठूलो वर्षा लामो समयपछि पहिलोपटक थाहा पाएको भन्दै सबैलाई सुरक्षित रहन आह्वान गरेका छन्।बुटवलको तिनाउमा ठूलो बाढी आएको अनुमान गरिएको छ। बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले तिनाउ नदीमा बाढी आएको हुनसक्ने भएकाले सुरक्षित रहन आह्वान गरेकी छिन्।

यस्तै बुटवलको शिर सिद्धबाबा क्षेत्रमा पनि भीषण वर्षा भएको र सिद्धार्थ राजमार्गका ठाउँठाउँमा पहिरो गएको खबर छ। सिद्धबाबा मन्दिर तिनाउका अध्यक्ष डीबी गुरुङले सिद्धबाबा मन्दिरनजिकै पहिरो गएको जानकारी पाएको बताएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु