• संचारकर्मी सापकोटा अभिनित दशै गित ´आमा`सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार ०९:२६

    काठमाडौं १० असोज
    दशै नजिकिँदै जादा नेपाली सांगीतिक बजारमा दशै गित बनाउनेको होडबाजी चलेको देखिन्छ। मौलिकता र सांस्कृतिकका कुरा जोगाउनु त कहाँ हो कहाँ नेपालीहरुको पौराणिक धर्म र परम्परा लाई नै बिर्सेर विकृति फैलाउने किसिमका गितहरु बजारमा दिनानुदिन सार्वजनिक भइरहेकै छन्।
    गित हिट बनाउनको लागि जस्तोसुकै उपद्रो गर्न पछि हटेका छैनन् कलाकार देखि निर्देशक सम्म।

    दशै गित भन्ने बितिकै हामीले झट सम्झीने भनेको दशैमा खेलिने पिङ,तास,खानीपिन आदि नाचगान रमाइलो लाई प्रस्तुत गरेको गित मात्र देख्छौ तर वास्तविकता त्यति मात्र होईन नेपालका पचासौं लाख जनसंख्या प्रदेशमा छन् त्यस मध्येका अधिकांश खाडि मुलुकमै छन् । अनेकौं सपना बुनेर प्रदेशीयका नेपालीहरुले त्यहाँ अभाव र समस्या झेल्दै तातो घाममा काम गरेको पिडा मात्र छैन कि सानोतिनो मुद्दामा जेल जीवन बिताउनु पर्ने बाध्यता छ। दशै नजिकैदै जादा आफ्नो जन्म भुमी जाना नपाउदा आमा र परिवार सङ्ग बिछोडिएर छोरा दशैमा घर नआउँदाको पिडा यिनै कथाबस्तु र जेल भित्र बसेर अफ्नो जन्मभुमी र आमालाई सम्झीदै आम छोरा बिचको फोन सम्बाद र वेदनालाई बिल्कुलै फरक ढंग बाट प्रस्तुत गरिएको ´आमा` बोलको गित सार्वजनिक भएको छ ।

    बलराम विश्वकर्माको शब्द र संगित रहेको उक्त गितमा सुनिता बुढा क्षेत्री र बलराम विश्वकर्मा कै स्वर रहेको छ ।
    चिरञ्जीवी सापकोटा( जिबि चिरण),रश्मी भट्ट,समिक्षा पोख्रेल र नेरिस्का स्थापितको मुख्य अभिनय रहेको उक्त गितमा चक्र साउद जिसि,मोहन मल्ल रुकुमेली,समुन्द्र पौडेल,समीर बिष्ट,मिलन मल्ल,अमित लगाएत को समेत अभिनय रहेको सो गितलाई सृजन बरालले निर्देशन गरेका हुन्।

    अमृत चापागाईंको सम्पादन,राजेश घिमिरेको छायांकन र मोहन मल्लको निर्माण रहेको यस ´आमा` बोलको गितलाई जनता डिजिटल फिल्मस् ले निर्माण समायोजन गरेको छ। गितलाई आहा टिभीको अफिसियल युटुब चैनल मार्फत सार्वजनिक गरिएको छ।
    हेर्नू होस् आमको पूरा भिडियो…

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु