• रिचार्ज कार्ड लिन भन्दै निस्किएका पौडेल मृत भेटिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ आश्विन २०७७, आईतवार ००:०८

    बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा केही दिन यता बसोवास गर्दै आएका राजेन्द्र पौडेल मृत भेटिएका छन् । काकाको घरमा बस्न आएका उनी गत बुधवार राती मोवाईलको रिचार्ज कार्ड लिन भन्दै अचानक घरबाट निस्किएका पौडेल त्यसयता सम्पर्क बिहिन भएका थिए ।

    घरबाट निस्केपछि हराएको भन्दै परिवारले प्रहरीको सहयोगमा खोजि गर्दा शनिबार विहान ३६ मौजा सिंचाई प्रणाली अन्तर्गत तपाहा नहरमा मृत अवस्थामा फेला परेका थिए । रुपन्देही प्रहरीका अनुसार बुधवार राती १० बजेतिर लु ५५ प ३०२१ नं. को मोटरसाईकल लिएर घरबाट हिंडेका उनको खोजि गर्दा तिनदिन सम्म फेला परेका थिएनन् ।

    शनिबार विहान भने नहरमा हेल्मेट संगै तैरिरहेको अवस्थामा शव फेला परेको र उनको मोटरसाईकल घटनास्थलदेखि १ किलोमिटर उत्तर तर्फ फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रतित शिंह राठौरले बताए । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु