• अपाङ्गता भएकाको लाई खाद्य सामग्री हस्तान्तरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ आश्विन २०७७, आईतवार ०७:३७

    काठमाडौं ।सिर्जनशील अपांग पुर्नस्थापना तथा विशेष विद्यालयलाई लायन्स क्लब अफ चन्द्रगिरी मण्डलाले खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । आपतकालीन समयमा सबैको दु:खमा मलहम लगाउदै आएको उक्त क्लबले कोरोना महामारीका बिच अपाङ्गता भएकाहरुमा खाद्यान्न समाग्री हस्तान्तरण गरेको हो । कार्यक्रम लायन्स क्लब अफ चन्द्रगिरी मण्डलाको सस्थापक अध्यक्ष देवेन्द्र प्रधान र वन तथा वातावरण प्रदेश ३ सभापति रमा आले मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा देवेन्द्र प्रधानले बोल्दै लायन्स क्लबले हरेक दुखीको दुखमा मलहम लगाउदै आएको सधै लगाईरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियोे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु