• वृहत रक्तदान कार्यक्रम अयोजना

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ आश्विन २०७७, आईतवार १९:३८

    काठमाडौं, ११ असोज । विश्वव्यापी रुपमा फैलिएको कोराना भाइर (कोभिड १९) को संक्रमणले ब्लड बैंकहरुमा रगतको अभाव भईरहेको अवस्थामा विभिन्न संघ/संस्थाहरुले वृहत रक्तदान कार्यक्रम अयोजना गरेको छ ।

    समाज कल्याण परिषद्को ४१ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय आपाङ्ग कोष,राष्ट्रिय स्वास्थ्य कोष, राष्ट्रिय जेष्ठ नागरीक कोष तथा लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्स ३२५ बी नेपाल एरिया नं.१ काठमाडौंको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
    आईतबार काठमाडौंको भृकुटि मण्डपमा आयोजना गरिएको सो रक्तदान कार्यक्रममा ३० जना रक्तदाताहरुले रगत प्रदान गरेका थिए । रगत अभावका कारण विरामीहरुको ज्यान समेत गुम्ने अवस्था रहेको बेला यस्ता रक्तदान कार्यक्रमले बिरामीलाई ठूलो टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।

    कार्यक्रममा राष्ट्रिय स्वस्थ्य कोषका सभापति डा. हुमबहादरु वरुवाल, राष्ट्रिय आपाङ्ग कोषका अध्यक्ष रमेश लामा, राष्ट्रिय जेष्ठ नागरीक कोषका अध्यक्ष बसन्तराज कार्की तथा लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्स ३२५ बी नेपाल एरिया नं. १ काठमाडौंका सिनियर लाइन्स् लिडर तथा मेम्बरहरुलगायतको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु