• म्याग्दीका बाढीपहिरो पीडितलाई नेपाल ताईवान संघले दिए टेन्ट र जस्तापाता

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ आश्विन २०७७, आईतवार २०:३६

    काठमाडौं , ११ असोज । म्याग्दीको धवलागिरी गाउँपालिका–६,धारापानीका बाढीपहिरो पीडितलाई नेपाल ताईवान संघले टेन्ट र जस्तापाता सहयोग गरेको छ।

    पहिरोले विस्थापित जीवन विताइरहेका स्थानीयलाई ३० थान टेन्ट ७ बन्डल जस्तापाता संघका नेपाल प्रतिनिधि सुवोध प्रसाद प्रधान, केदारमान सिंह, निर्मल श्रेष्ठमार्फत बाढिपीडिको तर्फबाट मोना अन्तराष्ट्रियका प्रमुख संरक्षक चक्रबहादुर थापालाई हस्तान्तरण गरिएको हो ।
    र्आतबार बेनीको म्याग्दी चलचित्र मन्दिरमा आयोजित कार्यक्रममा धारापानीका इन्द्र थापाको पहलमा संघका अध्यक्ष राजु गुरुङ, उपाध्यक्षद्धय राजन श्रेष्ठ, राम पाण्डे, ताइवानका समाज सेवी छोतेन लामा, कर्मा लामाले म्याग्दीबासीलाई भविष्यमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको संयोजनकर्ता तथा समाज सेवी सुवोध प्रसाद प्रधानले बताए ।
    उक्त टेन्ट र जस्तापाताले प्रभावितले अस्थायी संरचना बनाउने सहयोग पुग्ने विश्वास व्यक्त गर्दै भविष्यमा थप सहयोगका लागि समेत पहल गर्ने प्रधानले प्रतिबद्धता जनाउनु भयो ।
    कार्यक्रममा बेनीका व्यवसायी अनोद श्रेष्ठ, समाज सेवी सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु