• आफनै घाँटीमा छुरा प्रहार गर्दा गम्भीर घाइते

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार २०:३०

    बुटवल – बुटवल उममहानगरपालिका–१० का ७६ वर्षीय दिपेन्द्र शाहीले सोमबार दिउँसो आफनै घाँटीमा छुरा प्रहार गर्दा गम्भीर घाइते भएका छन् । आफु सुत्ने कोठामा आफ्नै घाटीमा चक्कुले हानि घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए ।

    उनको अवस्था गम्भीर रहेकाले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेकाले मेडिकल कलेज भैरहवा रिफर गरिएको छ । उनी लामो समय देखी स्वासप्रस्वास सम्बन्धि बिरामी रहेको पारिवारीक स्रोतले जनाएका छन् । उनले के कारणले गर्दा आफ्नै घाँटीमा छुरा प्रहार गरे भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु