• हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार १३:०३

    काठमाण्डौ । सुनको भाउ आज पनि बढेको छ ।
    हिजो तोलामा ९ सय रुपैयाँले बढेको थियाे ।

    त्यस्तै आज पनि सुनकाे भाउ ५ सय रुपैयाँले बढेर ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
    हिजो तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
    यस्तै आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ ।

    हिजो तोलाको १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर १ हजार १ सय ९० रुपैयाँ कायम भइ कारोबार सुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु