• देशभर पछिल्लो २४ घण्टामा थप १९ ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार १६:५६

    काठमाडौं, १५ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा गरिएको नमुना जाँचमा १९ सय ११ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२७ पुगेको छ ।

    २४ घण्टामा ९११ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ । देशभर ५ हजार ७७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु