• काठमाडौं उपत्यकामा आज एकै दिन ९ सय ४३ जना कोरोना संक्रमित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार १७:१५

    काठमाडौं,  १५ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन ९ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् ।

    देशभर १९ सय  ११ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ९ सय ४३ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १२ हजार ४ सय ४४  जनाको पिसीआर परिक्षणमा १९ सय ११ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु