दैलेख,१५ आश्विन- दैलेखको गुराँस गाउँपालिकामा आज राउटेसमुदायका १९३ जनालाई खाध्य समाग्री र मादल बितरण गरिएको छ ।उक्त सामग्रीहरु किमोलुङ फाउडेशन नेपालको अगुवाईमा वितरण गरिएको हो ।
संस्थाका संस्थापक तथा अध्यक्ष वाङ्चुक राप्तेन, कोषाध्यक्ष सन्दुप लामा ,चुम हिमालयन इन्टरनेशनल हान्डिक्राफ्टका अध्यक्ष छेवाङ नितुप लामा र समाजसेवी तथा व्यवसायी भुषण महर्जनले गुराँस गाउँपालिका र सुर्खेतका पत्रकार नगेन्द्र उपाध्यायसँग समन्वयमा राहत सामाग्री वितरण गरेका थिए ।