• बुटवलमा स्कुटी अनियन्त्रित भएर पल्टिँदा युवतीको मृत्युु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार २२:४४

    बुटवल-बुटवलमा स्कुटी अनियन्त्रित भई पल्टिदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका –९ मिलनचोकबाट बसपार्क तर्फ जाँदै गरेको लु ४४ प ६११६ नं. को स्कुटी मंगलबार आफै अनियन्त्रीत भई पल्टिएको थियो ।

    दुर्घटनामा परी तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी २४ वर्षकी स्वोरा प्रधानको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले बताए ।  उनको उपचारको क्रममा बिहीवार दिउँसो क्रिमशन अस्पतालमा मृत्यु भएको हो । मृतक प्रधान न्यू होराईजन कलेजमा एम.बि.एस. तेस्रो सेमेस्टरमा अध्ययनरत रहेको कलेजले जनाएको छ ।

    दुर्घटनामा परी गम्भीर घाइते प्रधानको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसेकेपछि मणिग्राम स्थित क्रिमशन अस्पतालमा रिफर गरिएको थियो ।  यस्तै दुर्घटनामा परी स्कुटी चालक जिल्ला शिद्धार्थनगर नगरपालिका–८ का  २६ वर्षीय सन्दिप श्रेष्ठ घाइते भएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु